धादिङका सबै बिद्यालय पुग्ने पुस्तक आयो ।



Published Date:2020-05-22

धादिङ आवाज समाचारदाता
जेठ ९ शुक्रबार,धादिङ । धादिङ जिल्लाका ५ सय ६४ वटा सामुदायीक विद्यालयहरुका पुग्ने गरि पाठ्य पुस्तक आएकाेे छ  । करिब २ करोड मुल्य बराबरको कक्षा १ देखि १० सम्मका पुस्तकहरु धादिङ सदरमुकाम आईपुगेका छन् । सामुदायीक विद्यालयहरुमा सरकारले निशुल्क रुपमा प्रदान गर्ने किताब लकडाउन कै समयमा सबै गाउँपालिकाका विद्यालयहरुमा स्कुल खुल्नु पूर्व नै पुस्तक पुर्याउने गरि व्यवसायीहरुले पुस्तक धादिङ ल्याईएका पुस्तक व्यवसायि नारायण कुमार श्रेष्ठले बताउनु भयो । यस वर्ष धादिङका पुस्तक व्यवसायीहरुले वितरणलाई सजिलो बनाउनका लागि धादिङबेसीमा एउटा गोदाम र राजमार्ग क्षेत्रमा ३ वटा (धार्के, गजुरी र चरौंदी) गोदाम बनाएका छन् । सामुहिक लगानी गरि किताब खरिद गरेर ल्याएका छौं वितरण पनि गोदावबाटै हुन्छ पुस्तक व्यवसायी दयाराम लम्सालले धादिङआवाजलाई जानकारी दिए । धादिङबेसी बसपार्कमा रहेको गोदामबाट नीलकण्ठ नगरपालिका, सिद्धलेक, ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावती डब्जोङ, गंगाजुना, खनियाबास र रुबीभ्यालीमा रहेका विद्यालयहरुमा पुस्तक पठाईने व्यवसायी नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो । धार्केको गोदामबाट धुनीबेसी नगरपालिका, थाक्रे, गल्छी र गजुरीको गोदामबाट गजुरी र बेनीघाट रोराङका विद्यालयहरुलाई पुस्तक वितरण गरिने पनि व्यवसायी लम्सालले बताउनु भयो स्थानीय सरकारले प्रत्येक विद्यालयको खातामा पुस्तक खरिदका लागि रकम पठाई सकेको र विद्यालयहरुले पनि पुस्तक व्यवसायीहरुलाई रकम भुक्तिनी सँगै किताव लैजाने तयारी गरेकोले लकडाउन कै अवधिमा किताव विद्यालयमा पुग्ने आशा गरिएको जिल्ला शिक्षा सवन्वय ईकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यले बताउनु भयो । नतिजा प्रकाशन भई सकेकाले बालबालिकालाई पाठ्य पुस्तक मात्रै भने पनि हात,हातमा पुरयाउन सके बालबालिकाले स्वअधययन गर्न पाउने थिए सिद्धलेक एक जना शिक्षकले धादिङ आवाजलाई बताए । यसै बिच राजमार्ग क्षेत्रका ७० प्रतिशत बिद्यालयहरुमा नै पुस्तक पुगिसकेको पुस्तक व्यवसायी नारायण कुमार श्रेष्ठले जानकारी दिए । शिक्षा बिद्धहरुले भने अब सबै स्थानीय तहले अहिले पालिकाकाे वडाहरुमा रहेका शिक्षकहरुको लागत संकलन गरि उनिहरुलाई बैकल्पिक शिक्षा दिने विधि प्रक्रिया थालनी गरि बालबालिकालाई मनोबैज्ञानिक असर पर्नबाट जोगाउन पहल गर्नु पर्ने बताएका छन् ।

Share on Google+
Related Post
  • धादिङमा बुधबार थप २ जनामा संक्रमण पुष्टि

    धादिङ आवाज १० भदौ ,धादिङ  । धादिङ जिल्लामा बुधबार १ महिला र १ पुरूष गरी थप २ जना कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं ६ का २३ वर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं १ का २५ वर्षिय महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख डा. भुवन पाैडेलले वताए । […]


  • उत्पादित केरा बिक्री नभएपछि केरा उत्पादक किसान चिन्तित ।

    धादिङ  आवाज  १० भदाै धादिङ  ।     चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा […]


  • नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुन : शुरु

    धादिङ  आवाज १० भदौ ,धुनिबेसी धादिङ  । बन्दाबन्दीको  कारण रोकिएको निर्माणधिन नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । सुरुङ्ग मार्ग निर्माणका लागि सिस्ने खोलाको खाल्टो पुर्ने काम सकिएको छ । अहिले धादिङ जिल्ला तर्फको सिस्ने खोलामा सुरुङ्गमार्ग निर्माणका लागि खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम तीब्र रुपमा भरहेको छ ।राजधानी प्रवेशका […]