धादिङ आवाज
श्रावण १४ । धादिङ जिल्लाको विभिन्न स्थानबाट स्वाब संकलन गरिएकोमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हाे । नीलकण्ठ नगरपालिका वडा नं ३ का ९ वर्षका बालक २८ वर्षका पुरूष र ३० वर्षका महिला रहेको छन् । । निलकण्ठ नगरपालिका वडा नं १२ का २६ र ४७ वर्षका पुरूष रहेको छन् । सिद्धलेक गाउँपालिका वडा नं ४ का ३२ वर्षका पुरूष र खनियाबास गाउँपालिका वडा नं २ का पुरूष रहेका छन् । साउन ११ गते ५९ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पठाईएकोमा ७ जनाको कोरोना पोजेटिभ आएको हाे । धादिङमा कोरोना संक्रमितको संख्या आज थप भएका सहित १३७ पुगेको छ । कोरोना पुष्टि हुने मध्ये ६ जना पुरुष र १ जना महिला रहेका छन् । निलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३ जना निलकण्ठ माविको क्वारेन्टाइनमा रहेका हुन् भने अन्य सबै होम क्वारेन्टाइनमा रहेका छन् । पोजेटिभ रिपोर्ट आएकको मध्ये सिद्धलेक गाउँपालिका ४ का पुरूष दुवहीबाट आएका हुन् भने बाँकी ६ जना भारतबाट आएका जनाइएकाे छ ।
धादिङ आवाज १० भदौ ,धादिङ । धादिङ जिल्लामा बुधबार १ महिला र १ पुरूष गरी थप २ जना कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं ६ का २३ वर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं १ का २५ वर्षिय महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख डा. भुवन पाैडेलले वताए । […]
धादिङ आवाज १० भदाै धादिङ । चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा […]
धादिङ आवाज १० भदौ ,धुनिबेसी धादिङ । बन्दाबन्दीको कारण रोकिएको निर्माणधिन नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । सुरुङ्ग मार्ग निर्माणका लागि सिस्ने खोलाको खाल्टो पुर्ने काम सकिएको छ । अहिले धादिङ जिल्ला तर्फको सिस्ने खोलामा सुरुङ्गमार्ग निर्माणका लागि खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम तीब्र रुपमा भरहेको छ ।राजधानी प्रवेशका […]