सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी बापतको रकम भुक्तानी ।



Published Date:2020-07-31

धादिङ आवाज
१६ श्रावण
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापतको भुक्तानीलाई प्राथिमकतामा राखेर काम अघि बढाएको छ ।  सानिमाले पछिल्लो पटक धादिङका एक व्यक्तिको मृत्यु दाबी बापतको भुक्तानी गरेको छ । सानिमाले  जीवन बीमा गराएका निलकण्ठ नगरपालिका २ धादिङका बिनोद आलेमगरको मृत्यु भएकोमा उनकी आमा कृष्णकुमारी आलेमगरलाई मृत्यु दाबी बापतको २ लाख ५० हजार रुपियाँ भुक्तानी गरेको हो ।
मृत्यु दाबीको भुक्तानी लिँदै मृतककी आमा कृष्णकुमारीले बिना झन्झट बीमाको रकम भुक्तानी दिएकोमा कम्पनीलाई धन्यवाद दिइन । उनले बीमा सबैले गर्नुपर्ने रहेछ भन्ने महशुष आफूलाई भएको पनि बताइन ।

बीमितहरूको सेवा समयमै गर्न पाउनु कम्पनीका लागि पनि खुशीको कुरा भएको सानिमा लाइफ धादिङ शाखाका  प्रबन्धक राजेन्द्र श्रेष्ठले बताए । उनले सानो रकम भए पनि यसले पीडितको परिवारमा ठूलै राहत मिल्ने बताए ।

Share on Google+
Related Post
  • धादिङमा बुधबार थप २ जनामा संक्रमण पुष्टि

    धादिङ आवाज १० भदौ ,धादिङ  । धादिङ जिल्लामा बुधबार १ महिला र १ पुरूष गरी थप २ जना कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं ६ का २३ वर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं १ का २५ वर्षिय महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख डा. भुवन पाैडेलले वताए । […]


  • उत्पादित केरा बिक्री नभएपछि केरा उत्पादक किसान चिन्तित ।

    धादिङ  आवाज  १० भदाै धादिङ  ।     चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा […]


  • नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुन : शुरु

    धादिङ  आवाज १० भदौ ,धुनिबेसी धादिङ  । बन्दाबन्दीको  कारण रोकिएको निर्माणधिन नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । सुरुङ्ग मार्ग निर्माणका लागि सिस्ने खोलाको खाल्टो पुर्ने काम सकिएको छ । अहिले धादिङ जिल्ला तर्फको सिस्ने खोलामा सुरुङ्गमार्ग निर्माणका लागि खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम तीब्र रुपमा भरहेको छ ।राजधानी प्रवेशका […]