नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले बढाउने निर्णय गरेको हो । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ ।
विस्तृतमा
चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको रेमिटेन्स भित्रिएको छ । रेमिटेन्स २१ प्रतिशतले वृद्धि भएको विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ ।अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स २५।३ प्रतिशतले बढेको थियो ।
विस्तृतमाधादिङ,१६ बैशाख ।
धादिङ गंगाजमुना गाउँपालिकामा न्यायिक समिति तथा मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम संचालन गरिएको छ ।
गाउँपालिकाको न्यायिक समितिको आयोजनामा आजदेखी ३ दिने पुनर्ताजगी तालिम सुरु भएको गाउँपालिकाका उपाध्यक्ष एवम न्यायिक समितिका संयोजक रामेश्वर सिंखडाले जानकारी दिनुभयो।
स्थानीय तहमा हुने विवादहरुलाई स्थानीय स्तरमै मेलमिलाप गर्न सहयोग पुग्ने उद्धेश्यले तालिमको आयोजना गरिएको सिंखडाले बताउनुभयो । मेलमिलापकर्ताले मुद्धा छिनोफानो गर्दा समाजमा भाइचाराको सम्वन्ध स्थापित हुने भएकोले त्यसलाई अझै शसक्त ढङ्गले लैजानको लागि तालिम प्रदान गरिएको सिंखडाले बताउनुभयो ।
धादिङ अदालतका अधिवक्ता रामचन्द्र भट्ट र दिनेश दुवाडीले प्रशिक्षण गर्नुभएको तालिममा गाउँपालिकाको ७ वटै वडाका २६ जना मेलमिलाप कर्ता सहभागि छन् ।
डुम्रे, २६ वैशाख : तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ ।” विभिन्न सीप सिक्दा कच्चा पदार्थ विदेशबाट […]
... विस्तृतमाधादिङ । जिल्ला भलिबल संघले आयोजना गरेको प्रथम अन्तर पालिका जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सिद्धलेक गाउँपालिकाले जितेको छ । फाईनलमा खनियाबास गाउँपालिकालाई पराजित गर्दै सिद्धलेक जिल्ला प्रथम भएको हो । प्रथम भए सँगै सिद्धलेक गाउँपालिकाले नगद १ लाख १ हजार १११ हात पारेको छ भने उप विजेता खनियाबास गाउँपालिकाले ५० हजार ५५५ र […]
... विस्तृतमापाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |