प्रयास नेपाल धादिङको लागि कर्मचारी आवश्यकता ।



Published Date:2020-08-22

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ र प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्ट,गजुरी गाउँपालिका धादिङको साझेदारीमा धादिङ जिल्लाको गजुरी गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा संचालन हुने प्रारम्भिक बाल विकास कार्यक्रमको लागि ५ जना करारमा नियुक्ति गर्नुपर्ने भएको समुदायमा सेवा गर्ने मनोभावना भएको नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण (CV) र निवेदन सहित सुचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र तल उल्लेखित ठेगानामा दरखास्त आह्वान गरिएको छ । म्याद नाघि आएको र रीत नपुगेको दरखास्त उपर कुनै कारवाही हुने छैन । प्रारम्भिक छनौटमा परेका उमेद्वारलाई मात्र लिखित परीक्षामा समावेश गराईनेछ ।

विज्ञापन नं ः ०२–०७७÷०७८
आवश्यक पद ः सामाजिक परिचालक आवश्यक संख्या ः ५ जना

प्रमुख काम तथा जिम्मेवारीहरुः
 बाल विकास कार्यक्रमसँग सम्बन्धित क्रियाकलापहरु विद्यालय र समुदायमा संचालन गर्नुपर्ने ।
 बाल विकास कार्यक्रम सम्बन्धि मासिक,त्रैमासिक तथा वार्षिक कार्ययो बनाउने, कार्यान्वयन गर्नुका साथै त्यसको अनुगमन तथा मुल्यांकन गर्ने ।
 बाल सहभागितामुलक कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिने र त्यसको लागि सहजिकरण गर्ने ।
 विद्यालय तथा समुदायमा बाल विकास कार्यक्रमसँग आयोजना गरिएको बैठक, गोष्ठी तथा अन्तरक्रियात्मक कार्यक्रमहरुमा सहजकर्ताको भुमिकामा कार्य गर्ने ।
 बालविकास कक्षा व्यवस्थापन गर्न बाल विकास क्रियाकलाप कार्यान्वयनमा सहजकर्तालाई प्राविधिक सहयोग गर्ने ।
 बाल विकास बिषयमा बिद्यालयसँग निरन्तर रुपमा समन्वय, सहकार्र्य र सुझाव आदान–प्रदान गर्ने ।
 बिद्यालय वा बाल विकास सेवा क्षेत्रभित्र रहेका ३ वर्षदेखि ५ वर्ष सम्मका बालबालिका बाल विकास कक्षा नगएको भए बालबालिकाहरुलाई बाल विकासमा ल्याउन सहजिकरण गर्ने ।
 पाठयोजना अनुसार बालमैत्री क्रियाकलाप संचालन गर्न बाल विकास सहजकर्तालाई पञविधिक तथा व्यवस्थापकिय सहयोग गर्ने ।

आवश्यक शैक्षिक योग्यता र अन्य सीपः
 कम्तीमा १०ं२ उतिर्ण गरी बाल विकास तथा बाल अधिकार सम्बन्धित निकायसम्म पुग्न सहजिकरण गर्न सक्ने अनुभव भएको हुनुपर्ने ।
 सामाजिक परिचालन,बाल विकास तथा बाल अधिकारको क्षेत्रमा कम्तीमा २ वर्षको समुदायमा रहेर काम गरेको अनुभव भएको हुनुपर्ने ।
 अभिभावकहरु, आमा समूह ,बालक्लब समुदाय परिचालन र सहजिकरण गर्नेे सीप भएको हुनुपर्ने ।
 बिद्यालय,शिक्षक,अन्य संघ संस्थाहरु तथा स्थानीय तहका पखाधिकारीहरुसँग समन्वय,सहकार्य गर्ने सीप भएको हुनुपर्ने ।
 राम्रो संञ्चार सीप भएको, समुदायमा सम्वन्ध बिस्तार गर्ने सिप भएको हुनुपर्ने ।
 एकाई प्रतिवेदन लेखनमा राम्रो दखल भएको हुनुपर्ने ।
 कम्प्युटर सीप भएको (नेपाली अंग्रजी टाईप राम्रोसँग गर्न सक्ने) ।

निवेदकले आपनो निवेदनको साथै आपmनो (CV) , शैक्षिक योग्यता, कार्य अनुभव प्रमाण पत्र र आफ्नो नागरिकताको प्रतिलिपि पेस गर्नु पर्ने छ । महिला, दलित, जनजाति तथा स्थानियलाई विशेष प्राथमिकता दिइने छ ।
नोटः यो सूचना प्रकाशन भएको ७ दिन (१२ भदौ २०७७ ) भित्र निवेदन आईपुग्नु पर्ने छ । समय तोकिएको दिन भन्दा पछि निवेदन आएमा स्वत निवेदन रद्ध हुनेछ ।
निवेदन, प्रयास नेपाल धादिङको ईमेल id: [email protected] मा पठाउन सक्नु हुनेछ र प्रयास नेपाल धादिङको कार्यलयमा पनि बुझाउन सक्नुहुनेछ ।
कार्यालयको ठेगाना
 प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ
 नीलकण्ठ नगरपालिका सुगम टोल धादिङबेसी
 सम्पर्क नंः०१०–५२०४५०

२०७७ भदौं ५ गते प्रकाशित ।

Share on Google+
Related Post
  • उत्पादित केरा बिक्री नभएपछि केरा उत्पादक किसान चिन्तित ।

    धादिङ  आवाज  १० भदाै धादिङ  ।     चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा […]


  • धादिङ जिल्लामा भदौ १५ गते राती १२ बजेसम्म लागु हुने गरी पुन निषेधाज्ञा ।

    धादिङ  आवाज ९ भदाै धादिङ  । जिल्ला सुरक्षा समितीको  बसेको बैठकले भदौ १५ गते राती   १२ बजेसम्म लागु हुने गरी पुनः तेस्रो पटक जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना भाईरसको संक्रमण दैनिक बड्दै जान थालेसंगै स्थानीय प्रशासनले  जिल्लाभर पुनः निषेधाज्ञा सात दिनको लागी थप गरेकाे छ ।  यस अघि गत भदौ […]


  • Project Coordinator : Vacancy Announcement

             PRAYAS  Nepal is a registered non-governmental and non-profit making organization that has been working in Dhading District since 2001. Currently, PRAYAS Nepal is implementing six community based projects over the district with a team of more than 62 People. PRAYAS Nepal in Partnership with Planate Enfants & Development is going to […]