SEE नतिजा र यसपछि उठेका सवालहरु



Published Date:2020-08-23

धादिङ  अाबाज

भदाै ६ ,

केशवप्रसाद रुपाखेती ।        सन २०१९ को अन्त्यतिर छिमेकी राष्ट्र चिनको वुहान शहरमा देखापरी संसारभर फैलिएको कोरोना भाइरसको कारण विश्व समुदाय आक्रान्त भयो । विश्वको जनजीवन इतिहासमै नराम्ररी प्रभावित भयो । स्वास्थ्य क्षेत्र त पूर्ण तहसनहस भयो नै, यसको अतिरिक्त अर्थतन्त्र, सामाजिक जीवन, शिक्षा जस्ता क्षेत्रले विश्व इतिहासमा अकल्पनीय क्षति वेहोर्यो । विश्वका सबै देशहरुले आफ्नो प्रविधि, क्षमता र योग्यता अनुसार यस विरुद्ध लड्ने कार्य गरे र गरिरहेका छन्। यसक्रममा विश्वभरका शैक्षिक संस्थाहरु र यिनका वार्षिक शैक्षिक कार्यक्रम प्रभावित भए भने कतिले आफ्नो परिवेश सुहाउँदो वैकल्पिक उपायहरू अपनाएर अत्यावश्यक कार्यहरु गरे र गरिरहेका छन् । हाम्रो देशले पनि चैतको पहिलो सातादेखि नै आफ्नो आर्थिक तथा प्राविधिक क्षमता अनुसार यस विरुद्धको लडाइँमा होमिएको अवस्था छ ।

नेपाली शैक्षिक जगतको फलामे ढोका भनेर चिनाइएको, चिनिएको र भजाइएको साविक SLC र हालको SEE परिक्षाको करिव १३ घण्टा अगाडि सूचान निकालेर यसलाई स्थगित गरियो । यसको कारण थियो कोरोना संक्रमण । परिक्षामा सहभागी हुन भनी २/३ दिनको बाटो हिडेर केन्द्र सम्म पुगेका विद्यार्थी हुन् या परीक्षा सञ्चालन गर्न भनी ठूलै तामझामका साथ खटिरहेका सम्बन्धित सरोकारवाला हुन् एकाएक निरास भए ! सबैमा अन्यौल भयो, कतिले यसको लागि धेरै लगानी गरिरहेका थिए । यो सबै एकाएक सुन्यतामा परिणत भयो । लामो बहस्, अन्यौल र दवावका बिच पनि परीक्षा सञ्चालन गर्ने मानसिकतामा परीक्षा नियन्त्रण कार्यलय थियो । तर परिस्थिति प्रतिकुल भएपछि वाध्यभएर विद्यालयले गरेको अन्तिम परिक्षाको मूल्यांकनलाई नै प्रमाणीकरण गरि विद्यार्थी र अभिभावकलाई नतिजा दिने योजनामा सरकार पुग्यो र यो स्वागतयोग्य, सान्दर्भिक, अत्यावश्यक र धेरै पहिलेदेखि नै गर्नुपर्ने कार्य थियो । तसर्थ वास्तविक शिक्षाको मर्म बुझेका र शिक्षामा व्यापार र त्रासको वातावरण ल्याइन हुन्न भनी लामो समयदेखि बहस र अभियान चलाइरहेका विद्वान् हरुले आफ्नो जित भनी एक कदम अगाडि बढेर स्वागत गरे भने जसले शिक्षा र SEEपरिक्षालाई पूर्ख्यौली पेशा र मध्य वर्गीय र कथित सम्पन्न वर्गका मानिसलाई लुट्ने माध्यम बनाएका थिए, तिनको छातिमा भने बज्रपात भएको महसुस गरे । जसले जस्तो महसुस गरेपनि आखिर यो कसैले चाहेर भएको होइन । एउटा जटिल परिस्थितिले सिर्जना गरेको घटना तर वान्छनिय कार्य थियो ।

सरकारको निर्णय पश्चात् परिक्षा वोर्डले सबै जिल्ला स्थित सम्न्वय इकाई मार्फत विद्यालयहरु सँग उनिहरुले भर्खरै सम्पन्न गरेका आन्तरिक मूल्यांकनको विवरण मागि यसैलाई प्रमाणीकरण गरि विद्यार्थीलाई प्रमाणपत्र दिने कार्य अगाडि बढायो र यसको नतिजा पनि तामझामका साथ प्रकाशित गर्यो । नतिजा प्रकाशन पश्चात् सदा झैं भजनकृतन सुरु भएको छ । तर अलि फरक तरिकाले ! यी भजनकिर्तन गर्नेको नियमित कार्य, धर्म र ठेक्का नै रहेछ भन्नेकुरा फरक घटनामा पनि फरक मुद्दामा भजन गाएको बाट प्रमाणीत भयो ।

बदलिँदो परिस्थिति अनुसार SEE परिक्षालाई विद्यार्थी र अभिभावकम माथि शारीरिक,मानसिक र आर्थिक शोषण गर्ने माध्यम नबनाउँ भनी बहस चलेको पनि दशक भन्दा बढी भइसके छ । यसक्रममा धेरै अभियन्ताको धेरै जोर जुत्ता,कोट र दौरा फाटे । तर यो परिक्षालाई आफ्नो अतिरिक्त आम्दानीको लैनो भैंसी देख्ने सरकार, परीक्षा बोर्ड र यसका टाउके वा तालुकदार, गुणस्तरीय शिक्षाको सञ्जिवनी बाँड्दै हिड्ने शैक्षिक व्यापारी, परीक्षा सञ्चालन गर्ने जिम्मेवरी लिएको वाहाना र अनुगमनको वाहानामा अतिरिक्त आम्दानी गर्ने स्थानीय कर्मचारीको संयुक्त शक्तिको अगाडि उनिहरुको केहि लागेको थिएन । तर यो साल परिस्थितिले पल्टा खायो दविएका सपनाले सार्थकता पायो भने दवाउने पक्ष पछाडि पर्यो ।
परीक्षा बोर्डले परिक्षाफल विगत झै तामझामका साथ प्रकाशित गर्यो । यसको कारण अरु नभएर परीक्षा व्यवस्थापनको लागि भनेर उठाएको रकमलाई तह लगाएको देखाएर पाचनयोग्य बनाउनु थियो र यो उसको बाध्यता हो र उसले गरेर छाड्यो, यसलाई धेरैले बुझेका छन् । तर परिक्षाफललाई लिएर गरिएका टिकाटिप्पणी यति निकृष्ट, घृणित र पूर्वाग्रही भए यसले भने धरैलाई निरस र आक्रोशित समेत बनाएको छ । नतिजालाई लिएर सर्वप्रथम विद्यार्थीको योग्यता र क्षमता माथि नराम्रो प्रहार भए । यति सम्म निकृष्ट र घृणित टिप्पणी गरियो कि यसले किशोर अवस्थाका मानिसमा समाज र राज्य व्यवस्था प्रति नै नकारात्मक भावना र  दृष्टिकोण पैदा गरायो। उनिहरुमा समाज प्रति आक्रोशको भावना जगायो । यो सरसर गलत मात्रै होइन कि घातक हो । नत विद्यार्थीले परिक्षामा सहभागी हुन्न भनेर भनेका थिए नत अभिभावकले नै सित्तैमा प्रमाणपत्र मागेका थिए! उनिहरु त परीक्षा दिन परिक्षाकेन्द्रमा पुगेर अनायासनै फर्काईएका थिए । यसक्रममा उनिहरमा पर्न गएको शारीरिक,मानसिक र आर्थिक क्षतिपूर्ति कस्ले दिने? यस प्रश्नको उत्तर ती फेसबुके विद्वानसँग छ? दोस्रो, “आफ्नो हात जगन्नाथ” भन्ने शव्दको प्रयोग गरि विद्यालय र शिक्षकलाई लक्षित गरि अपमान गर्ने कार्य गरियो ! एउटा प्रश्न ती कथित टिप्पणीकार र फेसबुके न्यायाधीशलाई ! के विद्यार्थीको मूल्यांकन विद्यालय र शिक्षकले नगरेर चियापसल, हाटबजार,सडक र भिडबाट गर्ने  हो ? अनि किन ती शिक्षक र विद्यालय प्रति बीष वमन? के अरुलाई नकारात्मक टिप्पणी गर्दैमा आफूलाई ठूलो देखाउन सकिन्छ ? हो यस क्रममा कतिपय शिक्षक र विद्यालयबाट केही कमीकमजोरी पक्कै भएका होलान् , छन पनि ! त्यसलाई सँच्याएर ठिक बनाउने दायित्व सम्बन्धित पक्षको हो र यसलाई सुधार गर्नुपर्नेछ । तर नकारात्मक टिप्पणीले कदापि हुदैन, बरु अविश्वास र आक्रोश बढ्न पुग्दछ। तेस्रो कुरा, अभिभावक र विद्यालयले बालबालिकालाई बधाई दिंदै सामाजिक सञ्जालमा प्रचार गरेरे भनेर रुवाबासी देखियो ! के एउटा अभिभावकलाई आफूले १०-१२ वर्ष लगानी गरेर प्राप्त उपलब्धिलाई प्रश्तुत गर्ने अधिकार छैन ? अनि विद्यालयले आफ्ना विद्यार्थीलाई बधाई दिन हुन्न भनी कुनै कानुनमा उल्लेख छ? हैन भने जसले उपलब्धि पायो उसैलाई दिने हो बधाई ! अनि यस सन्दर्भमा विद्यार्थीलाई वधाई नदिएर कसलाई दिने त ? के यसले भविष्यमा राष्ट्र हाँक्ने ती कर्णधारको भावनामा चोट दिंदैन? तसर्थ यस्ता तर्कहिन कुरा किन उठेका छन् ? चौथो कुरा विद्यालय र शिक्षकले मनपरि नम्बर दिए रे ! ए मूर्ख विद्वान हो ! यसैलाई अनुगमन र नियमन गर्न भनेर प्रत्येक पालिकामा खडाभएका नियमनकारी निकायको हैसियत छैन र? उनिहरुको दायित्व छैन र? उनिहरुले जनप्रतिनिधिलाई र सम्बन्धित निकायलाई जवाफ दिनु पर्दैन र ? कि राज्यका ती निकाय प्रति विश्वास गर्न सकिन्न ? तसर्थ शिक्षक र विद्यालय प्रति यस विषयमा प्रश्न उठाउने र नियमन गर्ने अधिकार उनिहरुसँग छ । तसर्थ यी र यस्ता आधारहीन अनि तथ्यहीन र मनगढन्ते कुरा र टिप्पणीले क्षणिक आनन्द त आउला तर यसले ती बालबालिका, अभिभावक, शिक्षक, विद्यालय र सिङ्गै बौद्धिक जगतले तपाईंलाई हेर्ने दिष्टिकोणमा एक मानसिक दरिद्र बाहेक केही देख्ने छैन । र अन्त्यमा विद्यार्थीको अन्तिम मूल्यांकन शिक्षक र विद्यालयले नै गर्ने हो नकि कुनै अमुक पक्षले! हुन सक्छ कमीकमजोरी होलान् , यसलाई सुधार गर्ने कुरा होलान् गर्दै जानू पर्नेछ र SEEको नाममा वर्षौ देखि हुदै आएको नितिगत बेइमानीको खुलेर विरोध गर्नुपर्दछ र परम्परागत र अव्यवहारीक मूल्यांकन प्रक्रियालाई सुधार गर्नुपर्दछ । विद्यार्थी मूल्यांकनको एक मात्र वैधानिक सँस्था र निकाय भनेको सम्बन्धित शैक्षिक संस्था हो र उसको विस्वास गर्ने वातावरण तयार गर्नुपर्नेछ ।

लेखक मच्छिन्द्र मा.वि.,धुनिवेसी नगरपालिका, धादिङका शिक्षक हुनुहुन्छ ।

Share on Google+
Related Post
  • धादिङमा बुधबार थप २ जनामा संक्रमण पुष्टि

    धादिङ आवाज १० भदौ ,धादिङ  । धादिङ जिल्लामा बुधबार १ महिला र १ पुरूष गरी थप २ जना कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं ६ का २३ वर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं १ का २५ वर्षिय महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख डा. भुवन पाैडेलले वताए । […]


  • उत्पादित केरा बिक्री नभएपछि केरा उत्पादक किसान चिन्तित ।

    धादिङ  आवाज  १० भदाै धादिङ  ।     चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा […]


  • नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुन : शुरु

    धादिङ  आवाज १० भदौ ,धुनिबेसी धादिङ  । बन्दाबन्दीको  कारण रोकिएको निर्माणधिन नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । सुरुङ्ग मार्ग निर्माणका लागि सिस्ने खोलाको खाल्टो पुर्ने काम सकिएको छ । अहिले धादिङ जिल्ला तर्फको सिस्ने खोलामा सुरुङ्गमार्ग निर्माणका लागि खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम तीब्र रुपमा भरहेको छ ।राजधानी प्रवेशका […]