चेपाङ छात्रावासका २३ जना चेपाङ बालिकालाई प्रयास नेपालधादिङकाे आर्थिक सहयोग ।



Published Date:2020-08-23

धादिङ अावाज  गजुरी धादिङ

भदाै ६       धादिङको गजुरी गाउँपालिका वडा १ मा रहेको चेपाङ छात्रावासमा बसि अध्ययन गर्दै अएका २३ जना चेपाङ बालिकालाई प्रयास नेपालले आर्थिक सहयोग दिइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको बन्दाबन्दिले समस्यामा परेका चेपाङ छात्रालाई आर्थिक सहयोग उपलव्ध गराएको हाे । आर्थिक सहयाेग हस्तान्तरण कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले गजुरी गाउँ पालिकासँग समन्वय गरी चेपाङ किशोरीहरुको परिवारलाई आर्थिक सहयोग गरेको  बताउनुभयो ।  गजुरी गाउँपालिमा विभिन्न सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्दै आएको गैर सरकारी संस्था प्रयास नेपाल धादिङले  गजुरी गाउँपालिकाको वडा नं. ४ च्याङ्ली फेदीमा पुगेर अध्यक्ष बस्नेतले चेपाङ छात्रालाई प्रति बालिका ४ हजार रुपैयाँ सहयोग गर्नु भएको हो । गजुरी गाउँपालिका वडा नं. ३, ४ र ६ नम्बर वडाका १५ जनालाई  शनिबार आर्थिक सहयोग उपलव्ध गराइएको हाे ।   बेनिघाट रोराङ गाउँपालिकाका  बाँकी आठजना बालबालिकाको परिवारलाई भोलि सहयोग गर्ने कार्यक्रम रहेको प्रयास नेपाल धादिङका सचिव विर बहादुर श्रेष्ठले जानकारी  दिनु भयो । बन्दाबन्दिका कारण दैनिक समस्यामा परेका  चेपाङ बालिकाहरूलाइ  शैक्षिक सामाग्री तथा खाद्व्यन्य व्यवस्थापनमा सहयोग होस् भनेर आर्थिक सहयोग गरेको पनि सचिव श्रेष्ठ बताउनुहुन्छ । आर्थिक सहयोग प्राप्त गरेपछि खुशी व्यक्त गर्दै छात्रा सविना चेपाङले घरका लागि अत्यावश्यक नुन तेल चामल लगायत खाद्व्य सामाग्री र शैक्षिक सामाग्री खरिद गर्ने बताउनुभयो । अति विपन्न तथा बञ्चेतिकरण परेका समुदायका बालबालिकाको शिक्षाका लागि प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टको सहयोगमा प्रयास नेपाल धादिङले गजुरी र बेनिघाटरोराङ गाउँपालिकामा चेपाङ महिला तथा किशाेरीहरूकाे लागि कार्यक्रम सञ्चालन गरि रहेको छ ।

Share on Google+
Related Post
  • धादिङमा बुधबार थप २ जनामा संक्रमण पुष्टि

    धादिङ आवाज १० भदौ ,धादिङ  । धादिङ जिल्लामा बुधबार १ महिला र १ पुरूष गरी थप २ जना कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं ६ का २३ वर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं १ का २५ वर्षिय महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख डा. भुवन पाैडेलले वताए । […]


  • उत्पादित केरा बिक्री नभएपछि केरा उत्पादक किसान चिन्तित ।

    धादिङ  आवाज  १० भदाै धादिङ  ।     चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा […]


  • नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुन : शुरु

    धादिङ  आवाज १० भदौ ,धुनिबेसी धादिङ  । बन्दाबन्दीको  कारण रोकिएको निर्माणधिन नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । सुरुङ्ग मार्ग निर्माणका लागि सिस्ने खोलाको खाल्टो पुर्ने काम सकिएको छ । अहिले धादिङ जिल्ला तर्फको सिस्ने खोलामा सुरुङ्गमार्ग निर्माणका लागि खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम तीब्र रुपमा भरहेको छ ।राजधानी प्रवेशका […]