धादिङ आवाज
९ भदाै । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३३ हजार पाँच सय नाघेको छ। पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । संस्थागत आइसोलेसनमा आठ हजार पाँच सय ८१ जनाको उपचार भइरहेको छ। होम आइसेलेसनमा ५ हजार ६ सय ६९ जनाको उपचार भइराखेको छ। क्वारेन्टाइनमा १० हजार ८ सय ५३ जना रहेका छन्। यस्तै मन्त्रालयका अनुसार १४ हजार २ सय ५० जना कोरोनाका सक्रिय बिरामी छन्। २४ घण्टामा ३ सय १३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ। मगलबार मृत्यु भएका ७ जना समेत नेपालमा कोरोनाबाट १ सय ६४ जनाको मृत्यु भइ सकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यसै गरी धादिङमा मंगलबार थप ८ जनामा संक्रमण पुष्टि भएसँग धादिङमा १ सय ८४ जनामा संक्रमित भएका छन् ।
धादिङ आवाज १० भदौ ,धादिङ । धादिङ जिल्लामा बुधबार १ महिला र १ पुरूष गरी थप २ जना कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं ६ का २३ वर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं १ का २५ वर्षिय महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख डा. भुवन पाैडेलले वताए । […]
धादिङ आवाज १० भदाै धादिङ । चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा […]
धादिङ आवाज १० भदौ ,धुनिबेसी धादिङ । बन्दाबन्दीको कारण रोकिएको निर्माणधिन नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । सुरुङ्ग मार्ग निर्माणका लागि सिस्ने खोलाको खाल्टो पुर्ने काम सकिएको छ । अहिले धादिङ जिल्ला तर्फको सिस्ने खोलामा सुरुङ्गमार्ग निर्माणका लागि खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम तीब्र रुपमा भरहेको छ ।राजधानी प्रवेशका […]