हरियो तरकारीको मुल्य अत्याधिक बृद्धि ,सर्वासाधारणहरुको भान्सा महङ्गो बन्दै ।



Published Date:2020-08-25

धादिङ   आवाज

९ भदाैधादिङ   । हरियो तरकारीको मुल्य तिन महिना यता कै अत्याधिक बृद्धि भएको छ । मुल्य  बृद्धिकाे कारण सर्वासाधारणहरुको भान्सा महङ्गो बन्दै जना थालेको छ ।

कोरोनाको रोकथाम र नियन्त्रणका लागी कतै निषेधज्ञा र कतै लक डाउन पुन भएसंगै तरकारी सहजै विक्रिका लागी बजार ल्याउन नसक्दा  मुल्य पनी आकासीयको हो ।  रोग नियन्त्रणका लागी गरेको निषेधाज्ञा र बजार बन्दका कारण कामईका लागी काम गर्न नपाएको दैनिक उपभोग्य बस्तुहरु भने महङ्गो बन्दै जाँदा समस्या उत्पन्न भने भएको छ ।
पहीले लक डाउनको समयमा उत्पादीत तरकारी विक्रि नभएका कारण मुल्यमा गिरावट आएकोमा अहिले उत्पादन कम भएकोले गर्दा पनी मुल्य बृद्धि भएको ब्यापारीहरुको भनाई छ ।
तिन महिना अधि गरेको लक डाउनमा तरकारीको  मुल्य नपाए पछी किसानहरुले पनी बेमौसमी तरकारी खेतीमा त्यति चासो नदिएको पाईएको छ ।  अहिले सिजन मौसमी भन्दा पनी बेमौसमी तरकारी उत्पादन हुने समय भएको किसानहरुको भनाई छ । त्यसो त मौसमी तरकारी पनी गत सालमा जस्तो खेती नगरेको किसानहरुकाे भनाई छ ।  हरियो तरकारी किन बेचमा  विचौलीयाहरुको पनी अहिले निकै चलखेत हुने हुदा तिन महिना अघि प्रतिकिलो दश रुपैयामा पाएको तरकारीको मुल्य अहिले पाँच गुणा बृद्धि भएको छ ।
गत वर्ष यही सिजनामा प्रति किलो एक सयमा विक्रि भएको हरियो धनीया अहिले धादिङको बजारमा प्रति किलो पाँच सय पुगेको छ । यसै गरी तिन महिना अघि प्रति पाँच किलो तरकारीको उपभोक्ताहरुलाई  ब्यापारीले एक सय रुपैयामा विक्रि गरेकोमा अहिलेको  प्रति किलो ग्राम नै  १  सय २० पुगेको छ । किसानहरुले प्रति किलो चालीस रुपैयामा विक्रि गरेको गोलभेडाको उपभोक्ताहरुसम्म पुग्दा अहिले एक सय २० देखी एक सय  ४०  पर्ने गरेको छ । विचौलीयाका कारण पनी तरकारीको मुल्य एक्कासी बृद्धि भएको हो ।

Share on Google+
Related Post
  • धादिङमा बुधबार थप २ जनामा संक्रमण पुष्टि

    धादिङ आवाज १० भदौ ,धादिङ  । धादिङ जिल्लामा बुधबार १ महिला र १ पुरूष गरी थप २ जना कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं ६ का २३ वर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं १ का २५ वर्षिय महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख डा. भुवन पाैडेलले वताए । […]


  • उत्पादित केरा बिक्री नभएपछि केरा उत्पादक किसान चिन्तित ।

    धादिङ  आवाज  १० भदाै धादिङ  ।     चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा […]


  • नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुन : शुरु

    धादिङ  आवाज १० भदौ ,धुनिबेसी धादिङ  । बन्दाबन्दीको  कारण रोकिएको निर्माणधिन नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । सुरुङ्ग मार्ग निर्माणका लागि सिस्ने खोलाको खाल्टो पुर्ने काम सकिएको छ । अहिले धादिङ जिल्ला तर्फको सिस्ने खोलामा सुरुङ्गमार्ग निर्माणका लागि खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम तीब्र रुपमा भरहेको छ ।राजधानी प्रवेशका […]