धादिङ जिल्लामा भदौ १५ गते राती १२ बजेसम्म लागु हुने गरी पुन निषेधाज्ञा ।



Published Date:2020-08-25

धादिङ  आवाज

९ भदाै धादिङ  । जिल्ला सुरक्षा समितीको  बसेको बैठकले भदौ १५ गते राती   १२ बजेसम्म लागु हुने गरी पुनः तेस्रो पटक जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना भाईरसको संक्रमण दैनिक बड्दै जान थालेसंगै स्थानीय प्रशासनले  जिल्लाभर पुनः निषेधाज्ञा सात दिनको लागी थप गरेकाे छ ।  यस अघि गत भदौ ३ गते दोस्रो पटक निषेधाज्ञाको समय थप गरेको थियो । पहिलो पटक श्रावण २९ गते निषेधाज्ञा लागु गरेको हो ।  कोरोनाको संक्रमण देशभरी बढेसंगै धादिङमा पनी बड्दै जान थाले पछी जिल्लाभर पुनःतेस्रो पटक निषेधाज्ञाको समय थप गरेको हो । दोस्रो पटक थप गरेको समय आज राती १२ बजेदेखी समाप्त हुनेमा अब आगामी १५ गते राति १२ बजे  सम्म जारी हुने जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले  जानकारी दिईएका छन् । निषेधाज्ञा थप गरे पनी जिल्लामा  अत्यावाश्यक सेवाका सवारीका साधनहरु चल्न पाउने ब्यवस्था गरेको छ ।  यसै गरी पृथ्वी राजमार्ग क्षेत्रमा भने खाद्यान्न,पेट्रोलियम पदार्थ र ग्याँस बोकेका लगायत विरामी लियर आउने एम्वुलेन्स बाहेक सबैलाई ओहरदोहरमा रोक लागईएको छ । मानिसहरुको आवत जावतलाई समेत अत्यावाश्यक बाहेक निकै कडाई गरी छ । एक स्थानबाट आर्को स्थानमा हिडडुल गर्न परेको खण्डमा सरकाले तोकेको शुरक्षा मापदण्डका उपायहरु अप्नाउनु पर्ने छ । कोरोना भाईरस नियन्त्रण उच्च स्तरीय समीत र सरोकारवालाहरुसंग आज बसेको बैठकले सो निर्णय गरेको हो  । जिल्लामा हालसम्म एक सय ८४  जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भई सकेको छ  भने १ जनाकाे मृत्यु भई सकेको छ ।

Share on Google+
Related Post
  • धादिङमा बुधबार थप २ जनामा संक्रमण पुष्टि

    धादिङ आवाज १० भदौ ,धादिङ  । धादिङ जिल्लामा बुधबार १ महिला र १ पुरूष गरी थप २ जना कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं ६ का २३ वर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं १ का २५ वर्षिय महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख डा. भुवन पाैडेलले वताए । […]


  • उत्पादित केरा बिक्री नभएपछि केरा उत्पादक किसान चिन्तित ।

    धादिङ  आवाज  १० भदाै धादिङ  ।     चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा […]


  • नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुन : शुरु

    धादिङ  आवाज १० भदौ ,धुनिबेसी धादिङ  । बन्दाबन्दीको  कारण रोकिएको निर्माणधिन नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । सुरुङ्ग मार्ग निर्माणका लागि सिस्ने खोलाको खाल्टो पुर्ने काम सकिएको छ । अहिले धादिङ जिल्ला तर्फको सिस्ने खोलामा सुरुङ्गमार्ग निर्माणका लागि खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम तीब्र रुपमा भरहेको छ ।राजधानी प्रवेशका […]