गजुरी गाउँपालिकामा थप ७ दिन बन्दाबन्दी ,सबै गजुरीबासीलाइ पालाना गर्न आग्रह ।



Published Date:2020-08-26

धादिङ आवाज ,

९ भदौ , धादिङ ।
धादिङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि  गजुरी गाउँपालिका   गत सातादेखि लगाइएको बन्दाबन्दी   पुनः लब्याएकाे छ । गाउँपालिकाले मंगलबार एक सूचना प्रकाशित गर्दै बन्दाबन्दी एक साता थप गर्ने निर्णय गरेको जनाएको छ ।  गजुरी गाउँपािलकामा पनि जाेखिम कायम नै रहेकाेले  र  जिल्ला विपद् व्यवस्थापन समितिले पनि १५ गते  राति १२ बजे  सम्मकाे लागि  निषेधाज्ञा जारी गरेकाे अवस्थालाइ समेत ध्यानमा राखि नागिरकहरुकाे जीवन रक्षा गर्न पनि  बन्दाबन्दीलाइ निरन्तरता दिनु परेकाले सबै गजुरीबासीलाइ पुर्णपालना गरी सहयाेग गर्न पनि गजुरी  गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले आग्रह गरेका छन् ।

बन्दाबन्दीलाई निरन्तर गर्दै भदौ १६ गते मध्यरात सम्म यस गाउँपालिका भित्रका अत्यावश्यकीय सेवाहरु अस्पताल, स्वास्थ्य संस्था, औषधि पसल, बाहेक सम्पुर्ण व्यवसाय, पसल तथा होटलहरु पूर्ण रुपमा बन्द गरिने भएको छ । जनताको बाच्न पाउने अधिकारलाई मध्यनजर गर्दै खाद्यन्न्न, तरकारी, फलफुल र दुग्धजन्य पसल वा डेरीलाई भने बिहान ७ बजेदेखि १० बजेसम्म (दैनिक ३ घण्टा) सम्बन्धीत पसल धनीले नै मास्क तथा सेनिटाईजरको अनिर्वाय प्रयोग, हात धुने व्यवस्था, सामाजिक दुरी कम्तिमा पनि (२ मिटर ) कायम गरि भिडभाड नगराई खोल्ने वा किनबेच गर्ने व्यवस्था मिलाई संचालन गर्न दिईने गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राजन घिमिरेले बताउनुभयो ।

 

Share on Google+
Related Post
  • धादिङमा बुधबार थप २ जनामा संक्रमण पुष्टि

    धादिङ आवाज १० भदौ ,धादिङ  । धादिङ जिल्लामा बुधबार १ महिला र १ पुरूष गरी थप २ जना कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नं ६ का २३ वर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं १ का २५ वर्षिय महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख डा. भुवन पाैडेलले वताए । […]


  • उत्पादित केरा बिक्री नभएपछि केरा उत्पादक किसान चिन्तित ।

    धादिङ  आवाज  १० भदाै धादिङ  ।     चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा […]


  • नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुन : शुरु

    धादिङ  आवाज १० भदौ ,धुनिबेसी धादिङ  । बन्दाबन्दीको  कारण रोकिएको निर्माणधिन नागढुङ्गा–सिस्नेखोला सुरुङ्ग मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । सुरुङ्ग मार्ग निर्माणका लागि सिस्ने खोलाको खाल्टो पुर्ने काम सकिएको छ । अहिले धादिङ जिल्ला तर्फको सिस्ने खोलामा सुरुङ्गमार्ग निर्माणका लागि खोलाको पानी ब्यवस्थित गर्न ड्रेन निर्माणको काम तीब्र रुपमा भरहेको छ ।राजधानी प्रवेशका […]