२०८२ अषाढ १, आईतबार

धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आजदेखि

  • धादिङ आवाज
  • २०८२ जेष्ठ ३, शनिबार
धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आजदेखि

धादिङ । धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सदरमुकाम धादिङबेशीमा आजदेखि १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको हो ।

प्रतियोगितामा महिला पुरुषको कँराते, तेक्वान्दो, भलिबल, कबड्डी र एथ्लेटिक्स खेलहरु हुने छन् ।

खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङका अनुसार कँराते, तेक्वान्दो र कबड्डी खेल खेलकुद विकास समिति परिसरमा रहेको कर्भड हलमा हुने छ भने भलिबल कर्भड हल परिसरको खेल मैदानमा र एथ्लेटिक्सका बिधाहरु टुडिखेल खेल मैदानमा हुने छन् ।

शिक्षकहरुको आन्दोलन र कक्षा १२ को परिक्षालाई मध्यनजर गर्दै धादिङ पटक पटक रनिङ शिल्ड प्रतियोगिता स्थगन भएको थियो ।१२ को परिक्षा सकिएसँगै आजदेखी प्रतियोगिता सुरु हुन लागेको हो ।

५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा गंगाजमुना गाउँपालिका बाहेक १२ पालिकाका खेलाडी सहभागी छन् ।

यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई प्रदेश स्तरीय प्रतियोगितामा खेल्न जान ट्रयाक सुट र किट प्रदान गरिने अध्यक्ष तामाङले बताउनुभयो।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ जेठ १७ देखि १९ गतेसम्म दोलखाको चरिकोटमा सञ्चालन गर्ने जनाएको छ ।

प्रदेशले जेठ १० गतेभित्र जिल्ला छनौट गरि ईभेन्ट्स सहितको खेलाडी नामावली, सम्बन्धित जिविस को पत्र र खेलाडी दर्ता फारम सहित परिषद्मा उपलब्ध गराईदिन अनुरोध गरेको छ ।

गत वर्ष सम्पन्न भएको १३ औं जिल्ला स्तरीय प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको थियो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस