धादिङ । अखिल नेपाल खेलकुद महासंघ धादिङको अध्यक्षमा प्रतापसिंह तामाङ चयन हुनुभएको छ ।शनिबार धादिङबेशीमा भएको महासंघको दोस्रो जिल्ला सम्मेलनले तामाङलाई अध्यक्षमा चयन गरेको हो ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा विदुर अर्याल र दिपक तामाङ, सचिवमा ओम लामा, सहसचिवमा पृथ्वी कटुवाल र रोहित श्रेष्ठ चयन हुनुभएको छ ।
महासंघका केन्द्रीय महासचिव अन्जन धमलाको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा माओवादी केन्द्र धादिङका ईन्चार्ज पुष्पविक्रम मल्ल, बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विशेष आतिथ्ता रहेको थियो माओवादी केन्द्र धादिङका जिल्ला संयोजक मनराज भण्डारी, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव गोविन्द घिमिरे लगायतको आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार गर्नेसँगै युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने विषयमा छलफल गरिएको थियो ।