२०८२ जेष्ठ १९, सोमबार

नीलकण्ठ नगरपालिकाले जित्यो यू–१९ अन्तरपालिका स्तरीय क्रिकेटको उपाधी

  • धादिङ आवाज
  • २०८२ जेष्ठ १७, शनिबार
नीलकण्ठ नगरपालिकाले जित्यो यू–१९ अन्तरपालिका स्तरीय क्रिकेटको उपाधी

धादिङ । धादिङबेसीमा भएको अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ ।

धादिङ जिल्ला क्रिकेट संघले जिल्लामा पहिलो पटक आयोजना गरेको प्रथम जिल्ला स्तरीय अन्तरपालिका १९ वर्ष मुनीको टी ट्वान्टी क्रिकेट प्रतियोगीताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको हो ।

धादिङवेशीस्थित खुल्लामन्चमा शनिवार भएको फाइनल खेलमा बेनिघाट रोराङ गाउँपालिकालाई ५४ रनले पराजित गर्दै नीलकण्ठ नगरपालिकाले उपाधी हात पारेको हो ।

उपाधी जितेसँगै नीलकण्ठले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपबिजेता बेनिघाट रोराङले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।

तस्विरमा उपविजेता बेनिघाट रोराङ गाउँपालिका टिम

टस जितेर बेनिघाट रोराङ गाउँपालिकाले बलिङ रोजेपछि नीलकण्ठ नगरपालिकाले पहिलो इनिङमा ब्याटिङ गरेको थियो ।

नीलकण्ठका ओपनिङ ब्याट्म्यान सुसान रेग्मी र सन्दिप श्रेष्ठको सतकीय साझेदारीमा नीलकण्ठ नगरपालिकाले निर्धारित १५ ओभरमा १ सय ५१ रन बनाएको थियो ।

ब्यक्तिगत रुपमा नीलकण्ठ नगरपालिकामा ब्याटर सन्दिप श्रेष्ठले ३१ बलमा ६१ रन जोड्दा अर्का ओपनर सुसान रेग्मीले ३५ बलमा ४५ रनको योगदान दिएका थिए ।

बलिङ तर्फ बेनिघाट रोराङ गाउँपालिकामा अनमोल पाण्डेले २ ओभरमा १७ रन दिएर ४ विकेट हात पारे ।त्यस्तै बेनिघाटका अर्का बलर श्रीजन पाण्डेले ३ ओभरमा ३० रन खर्चिएर २ विकेट लिए ।

१ सय ५२ रनको टार्गेट लिएर दोश्रो इनिङमा ब्याटिङ गर्न आएको बेनिघाट रोराङ गाउँपालिका ९७ रनमा अलआउट हुँदा पराजीत हुन पुग्यो ।

बेनिघाट रोराङ गाउँपालिकाको सुरुवाती ब्याटरहरुले खासै रन बनाउन नसक्दा सुरुमै दवावमा परेको थियो ।

मध्यक्रमका ब्याटर इशाक मियाले ३५ बलमा नटआउट रहदै ब्यक्तिगत ५६ रनको योगदान दिएपछि बेनिघाटले सम्मानजनक स्कोर गर्न सफल भएको थियो । बेनिघाटका अर्का ब्याटर वीलियम श्रेष्ठले १६ बलमा १९ रनको योगदान दिएका थिए ।

बलिङ तर्फ नीलकण्ठ नगरपालिका कृतन गुरुङले ३ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिएका थिए । त्यस्तै राहुल रोक्काले ३ ओभरमा १९ रन दिएर २ विकेट लिएका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच नीलकण्ठ नगरपालिकाको लागि अर्धसतकीय पारी खेलेका ब्याटर सन्दिप श्रेष्ठ घोषित भए ।

प्रतियोगीताभरको उत्कृष्ट बलरको रुपमा नीलकण्ठ नगरपालिकाका आयुष भट्ट घोषित हुँदा उत्कृष्ट ब्याटर बेनिघाट रोराङ गाउँपालिकाका श्रीजन पाण्डे भए ।

त्यस्तै प्रतियोगीताभरकै उत्कृष्ट खेलाडीको रुपमा भने २ अर्धशतक सहित नीलकण्ठ नगरपालिकालाई उपाधी दिलाउन महत्वपुर्ण योगदान दिएका ब्याटर सन्दिप श्रेष्ठले हात पार्दा उदयीमान खेलाडीको उपाधी बेनिघाट रोराङ गाउँपालिका १२ वर्षिय खेलाडी अनमोल पाण्डेले पाए । उनीहरुलाइ विधागत रुपमा ट्रपी प्रदान गरियो ।

प्रतियोगीताकै अवसरमा धादिङ जिल्लामा जन्मिएर बागमती प्रदेशको प्रतिनिधित्व गदै राष्ट्रिय स्तरको महिला क्रिकेट खेलेका नीलकण्ठ नगरपालिका वडा नं ८ कि अप्सरा कुमाल र सिद्धलेक गाउँपालिका वडा नं ७ की सानिया गिरीलाई धादिङ जिल्ला क्रिकेट संघको तर्फबाट सम्मान गरिएको थियो ।

प्रतियोगीतालाई ब्यवस्थित रुपमा सम्पन्न गर्नको लागि नीलकण्ठ नगरपालिकाले मुख्य सहयोग गरेको थियो ।

त्यस्तै अन्तराष्टिय धादिङ समाज भारत शाखा र फिनल्याण्ड शाखाले क्रमशः नगद रु २० हजार र १५ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेका थिए। त्यसैगरि धादिङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रोहित भण्डारी र धादिङवेशी स्थित कैलाश हार्डवेयरका प्रोपाइटर अनिल केसीले ब्यक्तिगत रुपमा नगद सहयोग गरेका थिए ।

प्रतियोगीतामा नीलकण्ठ, सिद्धलेक, गजुरी, थाक्रे, गल्छी र बेनिघाट रोराङ गाउँपालिका सहभागी थिए ।

धादिङ जिल्ला क्रिकेट संघले धादिङको क्रिकेट खेलको विकासका लागि हरेक वर्ष उमेर समुह र पालिका स्तरीय प्रतियोगीता गर्दै आइरहेको छ ।

आगामी दशै तिहारको समयमा जिल्ला स्तरीय प्रतियोगीता सञ्चालन गर्ने तयारी गरिरहेको धादिङ जिल्ला क्रिकेट संघका अध्यक्ष दीपेश कडेलले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

९ घण्टा अघि

धादिङलाई २० पदक

खोजी गर्नुहोस