२०८२ जेष्ठ ३१, शनिबार

टी-२० आई शृ्ंखला खेल्ने नेपाली टोली सार्वजनिक

  • धादिङ आवाज
  • २०८२ जेष्ठ ३०, शुक्रबार
टी-२० आई शृ्ंखला खेल्ने नेपाली टोली सार्वजनिक

|Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

नेपाल क्रिकेट संघ क्यानले टी-२० आई शृ्ंखला खेल्ने नेपाली टोली सार्वजनिक गरेको छ ।

क्यानले आउँदो आइतबारदेखि स्कटल्याण्डमा सुरु हुने स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको टी-२०आई शृंखला खेल्ने नेपाली टोली सार्वजनिक गरेको हो ।

टोलीमा २ खेलाडी बाहिरिँदा ३ जना भित्रिएका छन् ।

टी-२० टोलीमा लोकेश बम, किरण ठगुन्ना र रुपेश सिंह भित्रिएका छन् । चोटका कारण सोमपाल कामी र गुल्शन झा बाहिरिएका छन् ।

किरण पहिलोपटक राष्ट्रिय टोलीमा समावेश भएका हुन् भने रुपेश सिंह यसअघि हङकङमा भएको टी-२० शृंखलामा नेपालको टोलीमा परेपनि डेब्यू गरेका छैनन् ।

लोकेश बम भने नेपाली टी-२०आई टोलीमा पर्दै आएका छन् ।

नेपालले आफ्नो पहिलो खेल जुन १६ मा नेदरल्याण्ड्ससँग खेल्नेछ भने जुन १७ मा स्कटल्याण्डसँग, जुन १८ मा फेरि नेदरल्याण्ड्ससँग र जुन २० मा स्कटल्याण्डसँग खेल्नेछ ।

यसअघि लिग २ को एकदिवसीय शृंखलामा नेपालले ४ मध्ये ३ खेलमा जित निकालेको थियो ।

नेपालको टी-२०आई टोली स् रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, आरिफ शेख, भीम सार्की, रिजन ढकाल, अनिल साह, बसिर अहमद, नन्दन यादव रहेका छन् । filephoto

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस