|Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तरगत नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ ।
खेल स्कटल्यान्डको ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि शुरू हुनेछ ।
नेपाल र स्कटल्यान्डले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।
नेपाल, घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच अस्ति आइतवारदेखि टी–२० शृङ्खला शुरू भएको हो ।
पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।
त्यस्तै हिजो भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भयो ।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको मात्र नभई यो अन्तर्राष्ट्रिय क्रिकेटमै पहिलो तीन सुपर ओभरको खेल रह्यो ।
तालिकामा स्कटल्यान्ड र नेदरल्यान्ड्सको समान दुई अङ्क छ ।
नेपालले आफ्नो तेस्रो खेल बिहीवार नेदरल्यान्ड्ससँग र चौथो तथा अन्तिम खेल शुक्रवार घरेलु टोलीसँग खेल्नेछ ।
तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ । filephoto