काठमाडौं । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता आजदेखी मलेसियामा सुरु भएको छ।एसियाली क्रिकेट परिषद्को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता सुरु भएको हो।
नेपालले आफ्नो पहिलो खेलमा आज सिङ्गांपुरसँग खेल्दै छ। मलेसियाको युकेएम ओभलमा अहिले खेल चलिरहेको छ ।
प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागीता रहेको छ।
समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन्।
नेपाल हालसम्म सम्पन्न तीनवटा संस्करणको च्याम्पियन हो।
नेपालले दोस्रो खेलमा मङ्गलबार जापानसँग, तेस्रो खेलमा यही असार १५ गते इण्डोनेसियासँग तथा समूह चरणको अन्तिम खेल असार १७ गते भुटानसँग खेल्ने छ।
दुवै समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन्।