२०८२ अषाढ १७, मंगलबार

धादिङको बेनिघाट रोराङ गाउँपालिकाद्धारा ९३ करोड ३० लाखको बजेट सार्वजनिक (पूर्णपाठ)

  • धादिङ आवाज
  • २०८२ अषाढ ९, सोमबार
धादिङको बेनिघाट रोराङ गाउँपालिकाद्धारा ९३ करोड ३० लाखको बजेट सार्वजनिक (पूर्णपाठ)

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ९३ करोड ३० लाख बढिको बजेट प्रस्तुत गरेको छ ।

सोमबार गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्नुभएको हो ।

जसमा चालु खर्च ५४ करोड ६१ लख ३१ हजार र पूँजीगत खर्च ३८ करोड ६९ लाख गरी कुल ९३ करोड ३० लाख ३१ हजार विनियोजन गरिएको छ ।

विनियोजित बजेट अनुसार चालु तर्फ ५८.५३ प्रतिशत र पुँजिगत तर्फ ४१.४७ प्रतिशत खर्चको अनुमान देखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरेले जानकारी दिनुभयो ।

यस बजेटलाई क्षेत्रगत रुपमा आर्थिक विकासका लागि ६ करोड ३६ लाख, सामाजिक विकासका लागि ४२ करोड २७ लाख ३१ हजार, पूर्वाधार विकासका लागि ३१ करोड ८० लाख ५० लाख, बन बातावरण तथा विपद व्यवस्थापनका लागि. १ करोड १२ लाख ५० हजार र संस्थागत विकास तथा सुसासन तर्फ ११ करोड ७४ लाख विनियोजन गरिएको गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले जानकारी दिनुभयो ।

जसमा संघिय सरकारवाट प्राप्त हुने वित्तीय सामानीकरण अनुदान १५ करोड ६१ लख, समपूरक अनुदान ७८ लाख, शशर्त अनुदान २९ करोड ६८ लाख र प्रदेश सरकारवाट वित्तीय सामानीकरण अनुदान १ करोड ६३ लाख ७७ हजार, प्रदेश शशर्त अनुदान २ करोड ९८ लाख २६ हजार, प्रदेश बिशेष अनुदान ५५ लाख र प्रदेश समपुरक अनदान २ करोड २४ लाख आय हुने प्रक्षेपण गरेको छ भने संघिय राजश्व बाँडफाँड ११ करोड ५ लाख ५ हजार ८९२ र प्रदेश राजश्व बाँडफाँट ४ करोड ५७ लाख ४८ हजार ३००, स्थानिय राजश्व बाँडफाँटमा २ करोड ४१ लाख ५० हजार रहेको सूचना अधिकारी घिमिरेले बताउनुभयो ।

गाउँसभामा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले आगामी आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बेनिघाट रोराङबासीको जिवन रक्षा गर्ने, भविष्य प्रति आधारयुक्त आशा जगाउने र गाउँपालिकाको आर्थिक पक्ष सुदृढ बनाउन बजेटले टेवा पुर्याउने बताउनुभयो ।

उहाँले आगामी दिनमा बेनिघाट रोराङको समृद्धिको लागि सबैको सल्लाह सुझाव र सहयोग गर्न आग्रह गर्नुभयो ।

नीति तथा कार्यक्रममा गाउँपालिकाको कार्यालयबाट सेवा लिँदा लाग्ने समय र लागत कटौतिका लागि प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिने, कर्मचारीलाई सूचना प्रबिधिमैत्री बनाउँदै लगिने, गाउँपालिकाबाट निर्माण हुने सबै संरचना अपागंमैत्री हुने व्उवस्था मिलाईने, पारिजातको वनलाई बिशेष संरक्षण क्षेत्र घोषणा गरी संरक्षण र प्रबधर्नका बिबिध कार्यक्रम सञ्चालन गरिने, चिउरीमा आधारित प्रवर्धनलाई प्रोत्साहन गरिने, चिउरी रिसोर्ट, चिउरीको मह,साबुन लगाएतको उत्पादनको लागि समन्वय गरिने लगाएतका बिबिध बिषय उल्लेख छ ।

अधिवेशनले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक सर्वसम्मतले पारित गरेको छ। तस्विर:अशोक श्रेष्ठ

हेर्नुहोस्,नीति तथा कार्यक्रम र बजेटको पूर्णपाठ

बेनिघाट रोराङ गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटको पूर्णपाठ

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१० घण्टा अघि

वडा भेला सम्पन्न

खोजी गर्नुहोस