२०८२ अषाढ १७, मंगलबार

गंगाजमुना गाउँपालिकाद्धारा ६२ करोड ११ लाख ६६ हजार बजेट सार्वजनिक (पूर्णपाठ)

  • धादिङ आवाज
  • २०८२ अषाढ ९, सोमबार
गंगाजमुना गाउँपालिकाद्धारा ६२ करोड ११ लाख ६६ हजार बजेट सार्वजनिक (पूर्णपाठ)

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ६२ करोड ११ लाख बढिको बजेट प्रस्तुत गरेको छ ।

सोमबार गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिम्खडाले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्नुभएको हो ।

जसमा संघिय समानिकरण अनुदान ११ करोड ८४ लाख, सर्शत अनुदान २२ करोड ६७ लाख, विशेष अनुदान १ करोड ६५ लाख, समपुरक अनुदान २ करोड २५ लाख र राजश्व बाँडफाँड ८ करोड ७९ लाख रहेको छ ।

यस्तै प्रदेश तर्फ समानिकरण अनुदान १ करोड २३ लाख ८९ हजार, सर्शत अनुदान १ करोड ९५ लाख ८३ हजार, विशेष अनुदान ६५ लाख, समपुरक अनुदान ३ करोड ४२ लाख र राजश्व बाँडफाँड ३ करोड १४ लाख २३ हजार ७९६ रहेको छ ।

समग्रमा संघिय सरकारबाट ४७ करोड २० लाख ७० हजार ५६१ र प्रदेश सरकारबाट १० करोड ४० लाख ९५ हजार ७९६ गरी ५७ करोड ६१ लाख ६६ हजार ३५७ र गाउँपालिकाको आन्तरिक आयबाट १ करोड र मौज्दात संचित कोषमा ३ करोड ५० लाख गरी ६२ करोड ११ लाख ६६ हजार ३५७ बजेट प्रस्तु्त गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जय बहादुर स्याङतानले जानकारी दिनुभयो ।

गाउँसभामा गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाले आगामी आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

नीति तथा कार्यक्रममा आधारभुत तहको अनिवार्य तथा निशुल्क र माध्यमिक तह निशुल्क शिक्षा पूर्णरुपमा कार्यान्वयन गरिने, आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना पर्ने, बाह्य उत्पादित पेय पदार्थ निरुस्ताहित गरी घरेलु पेय पदार्थ दही,मही लस्सी हरु भोज भतेर र अन्य कार्यक्रममा प्रयोग गर्न प्रोत्साहन गर्ने, कृषि उत्पादनलाई प्रविधिमैत्री बनाई कृषकहरुको लागि आधुनिक कृषि यन्त्र उपलब्ध गराउने, खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन, आन्तरिक रोजगार प्रवद्र्धनमा जोड जस्ता कार्यक्रम समावेश छन्।

अधिवेशनले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक सर्वसम्मतले पारित गरेको छ।

गाउँसभा कै अवसरमा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन गाउँपालिका अध्यक्ष लामाले उदघाटन गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत स्याङतानले बताउनुभयो।तस्विर:गंगाजमुना गाउँपालिका फेसबुक पेज

हेर्नुहोस्,नीति तथा कार्यक्रम र बजेटको पूर्णपाठ

गंगाजमुना गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटको पूर्णपाठ

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

९ घण्टा अघि

वडा भेला सम्पन्न

खोजी गर्नुहोस