२०८२ अषाढ १९, बिहिबार

नेपालले श्रीलङ्कालाई ८-० गोलले हरायो

  • धादिङ आवाज
  • २०८२ अषाढ १८, बुधबार
नेपालले श्रीलङ्कालाई ८-० गोलले हरायो

काठमाण्डौ । एएफसी महिला एशियन कप छनोटमा नेपालसँग श्रीलङ्कालाई ८-० गोलले पराजित भएको छ ।यो नेपालको लगातार दोस्रो जीत हो ।

उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ८-० गोलले हरायो ।

नेपालकी कप्तान सावित्रा भण्डारी ुसाम्बाु ले ह्याट्रिक गरिन् । यस्तै गीता रानाले २ तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले १र१ गोल गरे ।

यो जीतसँगै नेपाल २ खेलमा ६ अङ्कसहित समूह एफ को शीर्ष स्थानमा उक्लिएको जोडेको छ ।

नेपालले पहिलो खेलमा लाओसलाई ९-० गोलले हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ ।

महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् ।

१२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१३ घण्टा अघि

३४ शिक्षक बढुवा

खोजी गर्नुहोस