२०८२ अषाढ २१, शनिबार

फाइनलमा आज नेपाल र सिङ्गापुर खेल्दै

  • धादिङ आवाज
  • २०८२ अषाढ २१, शनिबार
फाइनलमा आज नेपाल र सिङ्गापुर खेल्दै

काठमाण्डौ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र सिङ्गापुर खेल्दैछन् ।

खेल अहिले बिहान पौने ८ बजेदेखी मलेशियाको बाङ्गीमा शुरू हुनेछ ।

नेपालले सेमिफाइनलमा घरेलु टोली मलेशियालाई नौ विकेटले हराएको थियो । यस्तै सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

नेपाल र सिङ्गपुर एउटै समूह ‘ए’ मा थिए ।

समूह चरणको खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो ।

यो समूहबाट नेपाल शीर्ष र सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका थिए ।

नेपाल १६ वर्षमूनीको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस