२०८२ श्रावण १६, शुक्रबार

क्यानलाई एनपीएलबाट साढे २ करोड रुपैयाँ नाफा

  • धादिङ आवाज
  • २०८२ श्रावण १६, शुक्रबार
क्यानलाई एनपीएलबाट साढे २ करोड रुपैयाँ नाफा

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आय-व्यय विवरण सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को बिहिबारमूलपानीमा बसेको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार आठ सय १८ रुपैयाँ रहेको जनाएको छ ।

प्रतियोगितामा २० करोड १५ लाख ७३ हजार पाँच सय ५९ रुपैयाँ खर्च भएको छ ।आय-व्ययपछि ७ करोड ५३ लाख ९१ हजार दुई सय ५९ रुपैयाँ नाफा देखिएको छ ।

त्यसमा ८ फ्रेञ्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ । त्यो रकम ४ करोड ३७ लाख ४० हजार चार सय ७० रुपैयाँ छ ।

बाँडफाँडपछि क्यानको नाफा २ करोड ४६ लाख ५० हजार ७ सय ८९ रुपैयाँ रहेको क्यानले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

३ दिन अघि

आज नागपञ्चमी

खोजी गर्नुहोस