धादिङ । नेपालकै लोकप्रिय बालगायन रियालिटी शो ‘द भ्वाइस किड्स सिजन ४’ अन्तिम चरणमा पुगेको छ।
ग्राण्ड फिनाले नजिकिँदै गर्दा धादिङ जिल्लाकी प्रतिभाशाली बालगायिका दिलिजा रुवालीलाई जिताउन भोट गर्न सर्वसाधारणसँग अपिल गरिएको छ।
सानै उमेरदेखि गायनमा विशेष रुचि राख्दै आएकी दिलिजाले कार्यक्रमको विभिन्न चरणमा सशक्त प्रस्तुतिहरू दिँदै निर्णायक र दर्शकको मन जित्न सफल भएकी छन्।
उनको गायनमा आत्मा छुने मिठास र प्रस्तुतीकरणमा गहिरो प्रभाव देखिएको छ।
वर्तमानमा फिनालेमा पुगेकी दिलिजालाई विजेता बनाउन देशभरका दर्शक, शुभेच्छुक र संगीतप्रेमीहरूलाई Khalti App प्रयोग गरेर भोट गर्न अनुरोध गरिएको छ।
धादिङ जिल्ला त्रिपुरासुन्दरी-३ स्थायी घर भई हाल चितवनको टाडिमा बसोबास गर्दै आएकी रुवालीको पक्षमा धादिङ जिल्ला मात्र नभई, देशभरबाटै समर्थन जुटिरहेको छ।
नेपाली कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तालाई प्रोत्साहन गर्न यस्ता रियालिटी शोहरू प्रभावकारी माध्यम भएको बताउँदै दिलिजाको मेहनत र क्षमता सबैको गर्वको विषय भएको उल्लेख गरिएको छ।
The Voice Kids ले विगतका सिजनहरूमा समेत थुप्रै बालगायकगायिकालाई राष्ट्रिय स्तरमा स्थापित गराएको छ।
यसपटक पनि, हजारौं प्रतिस्पर्धीहरूलाई पछि पार्दै अन्तिम चरणमा पुगेकी दिलिजा रुवाली नेपाली संगीत क्षेत्रको भविष्यका रूपमा हेरिएकी छन्।
दिलिजा रुवालीलाई भोट गर्ने तरिका:
Khalti App खोल्नुहोस्
The Voice Kids Voting मा जानुहोस्
Contestant No. 04 – Diliza Ruwali चयन गरेर भोट गर्नुहोस् ।