२०८२ श्रावण २८, बुधबार

खुल्ला व्याडमिन्टन प्रतियोगिता : राम लक्ष्मणको जोडी प्रथम

  • धादिङ आवाज
  • २०८२ श्रावण २८, बुधबार
खुल्ला व्याडमिन्टन प्रतियोगिता : राम लक्ष्मणको जोडी प्रथम

धादिङ । खुल्ला व्याडमिन्टन प्रतियोगितामा धादिङका राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरी प्रथम भएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले आयोजना गरेको खुल्ला व्याडमिन्टन प्रतियोगितामा ठकुरी दाजुभाइले ललितपुरलाई हराउदै प्रथम स्थान हासिल गरेका हुन् ।

राष्ट्रिय युवा संघ नेपाल धादिङको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका ठकुरी दाजुभाइले नगद २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, प्रतियोगितामा कमल लामा, गोविन्द थापा दोस्रो, रोसोर्ड सुवाल, संयोग बस्नेत र विश्वराज आले, राकेश डंगोल तृतीय भएका छ्न् ।

खेलाडी उत्पादन तथा प्रोत्साहनका लागि ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीका संयोजक हरिशरण जम्कट्टेलले बताउनुभयो ।

बिगतका दिनहरुमा पनि खेलकुद लगायत विभिन्न कार्यक्रम गर्दै आएको संघले यस वर्ष ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको उहाँको भनाई छ ।

त्यस्तै, धादिङका राम लक्ष्मणको जितले धादिङको नाम उचो बनाएको राष्ट्रिय युवा संघ नेपाल धादिङका संयोजक किरण पाठकले बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल धादिङ हरेक क्षेत्रमा अब्बल रहेको यो एउटा दरिलो उदाहरण बनेको पनि उहाँले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस