२०८२ भाद्र ४, बुधबार

नेपालले आज होबर्ट हुरिकेन्ससँग खेल्दै

  • धादिङ आवाज
  • २०८२ भाद्र ३, मंगलबार
नेपालले आज होबर्ट हुरिकेन्ससँग खेल्दै

|Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाण्डौ । टप इण्ड टी–२० शृङ्खला अन्तरगत आफ्नो चौथौ खेलमा नेपाल आज होबर्ट हुरिकेन्ससँग खेल्दैछ ।

खेल अस्ट्रेलियाको पार्मस्टनमा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखी शुरु हुनेछ ।

नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्स, दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग र पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग पराजित भएको थियो ।

प्रतियोगीतामा नेपालले अहिलेसम्म तीन खेलमा लगातार हार बेहोरिसकेको छ ।

प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ खेल खेल्नेछन् ।

प्रतियोगिताअन्तर्गत नेपालले भोलि मेलबर्न रेनेगेड्ससँग र आउँदो शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ ।

अस्ट्रेलियामा टप एन्ड टी–२० शृङ्खलापछि पनि नेपालले अभ्यास खेल पनि खेल्नेछ ।

आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० प्रतियोगिता र अभ्यास खेल खेल्न लागेको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस