|Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE
काठमाण्डौ । अस्ट्रेलियामा टप इण्ड टी–२० शृङ्खला जारी छ ।
शृङ्खला अन्तरगत आफ्नो पाँचौ खेलमा नेपालले आज मेलबर्न रेनेगेड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार सवा ११ बजेदेखी पार्मस्टनमा शुरु हुनेछ ।
लगातार तीन खेल हारेको नेपालले हिजो चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई हराउँदै पहिलो जीत निकालेको छ ।टप इन्ड टी–२० शृङ्खलामा नेपाल यसअघिका तीनवटै खेलमा पराजित भएको थियो ।
नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।
प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ वटा खेल खेल्नेछन् । प्रतियोगिताअन्तर्गत नेपालले पर्सि शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ ।
यो शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप इण्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।