२०८२ भाद्र १०, मंगलबार

टप इण्ड टी–२० शृङ्खलामा आज नेपालले पाकिस्तान साहिन्ससँग खेल्दै

  • धादिङ आवाज
  • २०८२ भाद्र ६, शुक्रबार
टप इण्ड टी–२० शृङ्खलामा आज नेपालले पाकिस्तान साहिन्ससँग खेल्दै

|Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाण्डौ । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खला अन्तरगत आफ्नो छैटौं खेलमा आज नेपालले पाकिस्तान साहिन्ससँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार सवा ३ बजेदेखी डार्बिनमा शुरु हुनेछ ।

शृङ्खलामा नेपालले दुई खेल जितेको छ । शुरूका लगातार तीन खेलमा हारेको नेपालले चौथो खेलमा होबर्ट हरिकेन्सलाई र पाँचौ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमी हराएको थियो ।

नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ वटा खेल खेल्नेछन् ।

टप इण्ड टी–२० शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ ।आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप इण्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस