२०८२ कार्तिक १७, सोमबार

प्रथम सिद्धलेक म्हेन्दोमाया कप फुटबल प्रतियोगिता आजदेखी

  • धादिङ आवाज
  • २०८२ आश्विन ६, सोमबार
प्रथम सिद्धलेक म्हेन्दोमाया कप फुटबल प्रतियोगिता आजदेखी

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ स्थित बाँजोगरा खेल मैदानमा आजदेखी ‘प्रथम सिद्धलेक म्हेन्दोमाया कप, ९ ए साइड खुल्ला फुटबल नकआउट प्रतियोगिता’ सुरू हुँदै छ।

म्हेन्दोमाया युवा समाज सिद्धलेक-१, नयाँबस्तीको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सहआयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष पेमा छिरिङ लामाले धादिङ आवाजलाई जानकारी दिनुभयो ।

प्रतियोगिताको बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शालिकराम जम्कट्टेलले उद्घाटन गर्ने तालिका रहेको अध्यक्ष लामाले बताउनुभयो ।

प्रतियोगितामा  १० टिम सहभागी छन् ।

सहभागी टिमहरुमा बागबच्छला युवा क्लब, भद्रकाली युवा क्लब, NKUYC, सिद्धलेक वारियर, म्हेन्दोमाया युवा समाज (ए, बि, सि), फोरजी गुरुङ कल्ब, चक्रदेवी क्लब र गोठालो क्लब रहेका छन् ।

आज उद्घाटन खेल दिउँसो २ बजे बागबच्छला युवा क्लब र भद्रकाली युवा क्लबबिच हुने आयोजकले जनाएको छ ।

दोस्रो दिन ७ गते ५ खेल हुने छन् भने तेस्रो दिन ८ गते सेमिफाईनलका दुई खेल हुने छन् । प्रतियोगिताको फाईनल खेल ९ गते दिउँसो २ बजे हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजयी हुने टिमले रु १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यसैगरी सेमिफाइनलसम्म पुग्ने टोलीले रु १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । विजयी टिमले पाउने नगद रकममा कुनै करकट्टी नहुने पनि आयोजकले जनाएको छ ।

बिजयादशमीको अवसरमा आयोजित प्रतियोगिताको सहयोगी संस्थाको रुपमा NKUYC,सिद्धलेक गाउँपालिका-१, कालिदह रहेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस