
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ।
गाढा निलो र रातो रङको नयाँ जर्सीमा काँधमा नेपालको झण्डाको चन्द्र र सूर्य अंकित छन् र स्पोन्सर नासा सेक्युरिटिजको लोगो बीच भागमा छ।
जर्सी स्पोन्सर नासा सेक्युरिटिजको लोगो जर्सीको बीच भागमा कायम छ । जर्सीको तल्लो भागमा सगरमाथाको संकेत गर्ने चित्र पनि समावेश छ ।
यसअघि नेपालको नाम लेख्दा पहेंलो रङको प्रयोग भएकोमा नयाँ जर्सीमा सेतो रङकै प्रयोग भएको छ । नेपाली क्रिकेट टोली वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई प्रस्थान गरिसकेको छ ।
नेपालले वेस्ट इन्डिजसँग ३ खेलको टी-२०आई शृंखला खेल्दै छ ।
