२०८२ कार्तिक १७, सोमबार

प्रथम सिद्धलेक म्हेन्दोमाया कप : आज सेमिफाइनलका खेल हुने

  • धादिङ आवाज
  • २०८२ आश्विन ८, बुधबार
प्रथम सिद्धलेक म्हेन्दोमाया कप : आज सेमिफाइनलका खेल हुने

सिद्धलेक गाउँपालिका-१ स्थित बाँजोगरा खेल मैदानमा जारी ‘प्रथम सिद्धलेक म्हेन्दोमाया कप, ९ ए साइड खुल्ला फुटबल नकआउट प्रतियोगिता’ अन्तरगत आज सेमिफाइनलका खेल हुँदै छ।

फाइनल प्रवेशका लागि आज पहिलो सेमिफाइनल खेलमा सिद्धलेक वारियर र म्हेन्दोमाया युवा समाज टिम ‘सि’ भिड्ने छन् भने दोस्रो सेमिफाइनल खेलमा म्हेन्दोमाया युवा समाज टिम ‘ए’ र चक्रदेवी सेवा समाज भिड्ने छन् ।

खेल दिउँसो १ बजेबाट सुरु हुने आयोजक क्लबका अध्यक्ष पेमा छिरिङ लामाले बागमती कलमलाई जानकारी दिनुभयो ।

मंगलबार भएको समूह चरण र क्वाटरफाइनल खेलमा सिद्धलेक वारियरले NKUYC लाई २-० ले गोल अन्तरले पराजित गर्यो भने म्हेन्दोमाया युवा समाज टिम ‘बि’ लाई म्हेन्दोमाया युवा समाज टिम ‘सि’ ले ६-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

त्यस्तै चक्रदेवी सेवा समाजले फोरजी गुरुङ कल्बलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो भने बागबच्छला युवा क्लबलाई म्हेन्दोमाया युवा समाज टिम ‘ए’ ले ३-० गोल अन्तर र सिद्धलेक वारियरले सपोट धादिङ फुटबल एकेडेमीलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

म्हेन्दोमाया युवा समाज सिद्धलेक-१, नयाँबस्तीको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सहआयोजनामा भएको प्रतियोगितामा १० टिम सहभागी थिए।

फाईनल खेल ९ गते दिउँसो २ बजे हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजयी हुने टिमले रु १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यसैगरी सेमिफाइनल पुग्ने टोलीले समान रु १५/१५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विजयी टिमले पाउने नगद रकममा कुनै करकट्टी नहुने क्लबका अध्यक्ष लामाले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस