२०८२ कार्तिक १७, सोमबार

प्रथम सिद्धलेक म्हेन्दोमाया कप खुल्ला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै

  • धादिङ आवाज
  • २०८२ आश्विन ९, बिहिबार
प्रथम सिद्धलेक म्हेन्दोमाया कप खुल्ला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै

धादिङ । सिद्धलेक गाउँपालिका-१ स्थित बाँजोगरामा जारी ‘प्रथम सिद्धलेक म्हेन्दोमाया कप, खुल्ला फुटबल प्रतियोगिता’ अन्तर्गत आज फाइनल खेल हुँदैछ ।

फाइनल खेलमा ‘सिद्धलेक वारियर’ र ‘आयोजक म्हेन्दोमाया युवा समाज टिम ‘ए’ बीच प्रतिष्पर्धा हुनेछ । खेल आज दिउँसो २ बजे सुरु हुनेछ ।

बुधबार भएको सेमिफाइनल खेलमा सिद्धलेक वारियरले म्हेन्दोमाया युवा समाज टिम ‘सि’ लाई ३-० गोल अन्तरले हराँउदै फाईनलमा पुगेको हो भने दोस्रो सेमिफाइनल खेलमा म्हेन्दोमाया युवा समाज टिम ‘ए’ ले चक्रदेवी सेवा समाजलाई ५-१ गोल अन्तरले हराँउदै फाईनल प्रवेश गरेको हो ।

प्रतियोगिताको विजयी हुने टिमले रु १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यसैगरी सेमिफाइनल पुग्ने टोलीले समान रु १५/१५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट खेलाडीले ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।

विजयी टिमले पाउने नगद रकममा कुनै करकट्टी नहुने आयोजक क्लबका अध्यक्ष पेमा छिरिङ लामाले धादिङ आवाजलाई जानकारी दिनुभयो ।

यसैगरी प्रतियोगिताको आज अन्तिम दिन म्हेन्दोमाया नाच, माने दोरा नाच तथा बिभिन्न साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा गायिका तथा मोडल रितु तामाङ, मोडल तथा डान्सर दुर बे्रभ तामाङ र गायक सन्दिप तामाङको प्रस्तुती रहने अध्यक्ष लामाले बताउनुभयो ।

म्हेन्दोमाया युवा समाज सिद्धलेक-१, नयाँबस्तीको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सह-आयोजनामा भएको प्रतियोगितामा १० टिम सहभागी थिए।

‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होईन,समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने उद्देश्यका साथ सुरु भएको प्रतियोगितामा NKUYC,सिद्धलेक गाउँपालिका–१, कालिदहको सहयोग रहेको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस