२०८२ आश्विन १६, बिहिबार

म्हेन्दोमायाले जित्यो प्रथम सिद्धलेक म्हेन्दोमाया कप फुटबलको उपाधी

  • धादिङ आवाज
  • २०८२ आश्विन ९, बिहिबार
म्हेन्दोमायाले जित्यो प्रथम सिद्धलेक म्हेन्दोमाया कप फुटबलको उपाधी

धादिङ । ‘प्रथम सिद्धलेक म्हेन्दोमाया कप,९ ए साइड खुल्ला फुटबल नकआउट प्रतियोगिता’ को उपाधी आयोजक म्हेन्दोमाया युवा समाज टिम ‘ए’ ले जितेको छ ।

बिहिबार भएको फाईनल खेलमा ‘सिद्धलेक वारियर’ लाई २-१ गोल अन्तरले हराउँदै आयोजकको टिम ‘ए’ ले उपाधी जितेको हो। म्हेन्दोमायाको लागि मनिष नेपाली र बिमल गोम्जाले १/१ गोल गरे ।

त्यस्तै सिद्धलेक वारियरका सन्जिब श्रेष्ठले १ गोल गरे ।

बिजेता म्हेन्दोमाया युवा समाज टिम ‘ए’ ले नगद एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपबिजेता बनेको सिद्धलेक वारियरले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

त्यसैगरी सेमिफाइनल पुगेका दुई टिम चक्रदेवी सेवा समाज र म्हेन्दोमाया युवा समाज टिम ‘सि’ ले समान रु १५/१५ हजार सहित प्रमाणपत्र पाएका छन् ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी सिद्धलेक वारियरका सन्जिब श्रेष्ठ, उत्कृष्ट गोलरक्षक म्हेन्दोमायाका रबिन तामाङ, उच्च गोलकर्ता म्हेन्दोमायाका बिपिन कँडेल र उत्कृष्ट डिफेन्डर म्हेन्दोमायाकै बिमल गोम्जा घोषित भए ।

उनिहरुले नगद २/२ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

 

विजयी टिमहरुले पाएको नगद रकममा कुनै करकट्टी नगरिएको आयोजक क्लबका अध्यक्ष पेमा छिरिङ लामाले धादिङ आवाजलाई जानकारी दिनुभयो ।

विजेता र उपविजेतालाई सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सबिता अर्याल, वडा नं १ का वडाध्यक्ष पेमा वाङग्याल लामा, क्लबका अध्यक्ष पेमा छिरिङ लामा लगाएतले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष खतिवडाले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै भन्नुभयो,“यस्ता प्रतियोगिताले गाउँका युवामा उत्साह र एकता बढाउने मात्र होइन, खेलक्षेत्रको स्तर पनि उकास्छ । अब गाउँपालिकाले बाँजोगरा मैदानलाई स्तरोन्नति गर्दै स्थायी खेलमैदानका रूपमा निर्माण गर्ने योजना अघि बढाएको छ । खेलकुदलाई संस्थागत विकास गर्न आवश्यक संरचना निर्माणमा गाउँपालिका निरन्तर लाग्नेछ ।”

त्यस्तै उपाध्यक्ष सबिता अर्यालले खेलकुदलाई युवालाई अनुशासन, नेतृत्व र सामाजिक उत्तरदायित्वतर्फ उन्मुख गराउने माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो ।

प्रतियोगिता समापन समारोहमा म्हेन्दोमाया नाच, माने दोरा नाच तथा बिभिन्न साँस्कृतिक कार्यक्रम भएको थियो । कार्यक्रममा गायिका तथा मोडल रितु तामाङ, डान्सर दुर ब्रेभ तामाङ र गायक सन्दिप स्याम्चेन तामाङले प्रस्तुती दिएका थिए ।

म्हेन्दोमाया युवा समाज सिद्धलेक-१, नयाँबस्तीको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सह-आयोजनामा वडा नं १ स्थित बाँजोगरामा असोज ६ गतेबाट शुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता थियो ।

प्रतियोगिताको बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको थियो ।

‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होईन,समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने उद्देश्यका साथ भएको प्रतियोगितामा एनकेयुवाईसी, सिद्धलेक गाउँपालिका-१, कालिदहको सहयोग रहेको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१९ घण्टा अघि

शालिक तोडफोड

२ दिन अघि

आज अष्टमी

खोजी गर्नुहोस