एशिया कप टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दैछन् ।
खेल दुबईमा नेपाली समयानुसार बेलुकी सवा आठ बजे शुरू हुनेछ । भारत सुपर–४ को शीर्ष स्थानमा र पाकिस्तान दोश्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दुई पटक खेल भएको छ । दुवै खेलमा भारत विजयी भएको छ । भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्न लागेका हुन् । तस्बिर : एजेन्सी