२०८२ मंसिर ३, बुधबार

शालिक तोडफोड

  • धादिङ आवाज
  • २०८२ आश्विन १६, बिहिबार
शालिक तोडफोड

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–८ रामकोटस्थित ऐतिहासिक रामकोट दरबार परिसरमा रहेको राम शाहको शालिक तोडफोड भएको छ।

शालिक चोर्ने मनसायले वा विकास कार्यप्रति असन्तुष्टि प्रकट गर्ने उद्देश्यले तोडफोड भएको हुनसक्ने र अनुसन्धान गर्नु आवश्यक रहेको वडा नं ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।

पुरातत्त्व विभागको प्रमाणीकरणपछि वडाको पाँच लाख रुपैयाँ खर्च गरेर दरबार क्षेत्रको संरक्षण तथा शालिक निर्माण गरिएको थियो । शालिकमा प्रत्यक्ष क्षति नभए पनि जडान गरिएको भागहरू तोडफोड गरिएको छ।

कम्मरभन्दा तलको संरचना भत्किएको छ, जसले गर्दा निकाल्न खोजिएको जस्तो देखिन्छ। दिउँसो खुलेआम यसरी तोडफोड हुनु सामाजिक सुरक्षामाथि पनि प्रश्न उठेको जनाइएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२ दिन अघि

आजदेखि एनपीएल

खोजी गर्नुहोस