२०८२ आश्विन १६, बिहिबार

१६ जना बौद्ध धर्मावलम्बीको मौन व्रत

  • धादिङ आवाज
  • २०८२ आश्विन १६, बिहिबार
१६ जना बौद्ध धर्मावलम्बीको मौन व्रत

धादिङ । सिद्धलेक गाउँपालिका–१ खनायोखर्कस्थित छेजुङ गुम्बामा १६ जना बौद्ध धर्मावलम्बी मौन व्रत बसेका छन् ।

छेजुङ गुम्बा व्यवस्थापन समितिको आयोजनामा असोज १३ गतेदेखि सुरु भएको त्रिदिवसीय महायान उपवास ञ्युङ्ने व्रत १६ गते सम्पन्न भएको हो।

हिन्दुधर्मावलम्बीहरुले वडा दशैँको उत्सव मनाइरहेको र देवि तथा शक्ति पिठहरुमा बलि दिइरहेको समयमा बलि दिइएका तथा मारिएका निरिह प्राणी तथा पशुहरुको आत्माको चिर शान्तिको कामना गर्दै दशैँको फुलपातीको दिनबाट सुरु भएको ञ्यूुङने (मौन ब्रत) बिजया दशमीको दिन सम्पन्न भएको हो ।

ब्रतमा सहभागीहरुले बौद्धधर्मको किताब पढ्ने, कुनैपनि मानिससंग नबोल्ने, पानी र खानेकुरा केही पनि नखाँले र गुम्बामा पुजा अर्चना गरेर कठोर ब्रत बस्ने गरिएको छेजुङ गुम्बा व्यवस्थापन समिति अध्यक्ष जोन लामाले बताउनुभयो ।

नेपाल अहिंसावादी बौद्ध धर्म विश्वशान्ति तथा चक्रसंघमा आवद्ध बौद्धमार्गीहरुको कठोर ब्रतपछि बलि दिइएका र मारिएका निरिह प्राणीहरुले मुक्ति पाउने विश्वास गरिएको छ ।

ञ्युङ्ने व्रतमा प्रमुख लामा गुम डाडुल सिङगे बल लामा सहभागी हुनुहुन्थ्यो ।

व्रतमा १६ जना (छेजुङ गुम्बा व्यवस्थापन समिति अध्यक्ष जोन लामा, गणेशबहादुर घले, निम वाङग्याल लामा, उर्मिला घले, मनमाया घले, शान्ति घले, कमल घले, तुल्की तामाङ, पुर्णिमा तामाङ, सोनि घले, अमृत घले, राममाया घले, सुलोचन तामाङ, कन्चन तामाङ, पासाङ घले र राजबहादुर घले) सहभागी हुनुभएको छेजुङ गुम्बाका प्रमुख लामा दामछिक डोल्मा तामाङले जानकारी दिनुभयो ।

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१८ घण्टा अघि

शालिक तोडफोड

२ दिन अघि

आज अष्टमी

खोजी गर्नुहोस