२०८२ कार्तिक १७, सोमबार

स्व.लोक बहादुर गुरुङ दोश्रो स्मृती कप खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखी

  • धादिङ आवाज
  • २०८२ आश्विन १७, शुक्रबार
स्व.लोक बहादुर गुरुङ दोश्रो स्मृती कप खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखी

धादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङस्थित खिर्रेभञ्याङमा “स्व.लोक बहादुर गुरुङ दोश्रो स्मृती कप” खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखी सुरु हुँदैछ ।

तमु युवा समाज सिद्धलेक–२ धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा आजदेखी १९ गतेसम्म नलाङ पात्ले माविको प्राङगणमा ‘प्रतियोगिता हुनेछ ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा १४ टोली सहभागी छन् ।

सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष एवं नलाङ पात्ले माविका शिक्षक अमृत गुरुङ (तिलक) ले धादिङ आवाजलाई जानकारी दिनुभयो ।

जसअन्तरगत समूह ए मा चक्रदेवी सेवा समाज नलाङ, जिवन ज्योति युवा क्लब नलाङ, बराम समाज नलाङ, घले हार्वेस गोरखा छन् भने समूह बि मा मेगाङ गाउँपालिका नुवाकोट, जे.वाई.सि नलाङ र नवक्षितिज युवा क्लब नलाङ छन् ।

त्यस्तै समूह सि मा धादिङको ज्वालामुखी गाउँपालिका, गल्छी गाउँपालिका र सिद्धलेक गाउँपालिका रहेको छ भने समूह डि मा पञ्चकन्या गाउँपालिका नुवाकोट, नवकुण्ड गाउँपालिका रसुवा, त्रिपुरासुन्दरी गाउँपालिका धादिङ र दुप्चेश्वर गाउँपालिका नुवाकोट रहेको रेफ्री संयोजक सोम श्रेष्ठले बताउनुभयो।

उद्घाटन खेलमा बिहान ९ बजे चक्रदेवी सेवा समाज र जिवन ज्योति युवा क्लब भिड्ने छन् ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै द्धित्तिय पुरस्कार ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले बताएको छ ।

विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुने टिममा खेलाडी संख्या १२ जना (१२ जना नै एउटै पालिकाको हुनुपर्ने), टिम कोच १ जना र टिम म्यानेजर १ जना हुनुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहयोगी संस्थाहरु धादिङ जिल्ला भलिबल संघ र लायन्स क्लब अफ काठमाडौँ सिद्धेश्वर ३२५ रहेको छ । प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न आयोजकले अपिल गरेको छ ।

तमु युवा समाजले हरेक बर्ष नेपालीहरुको महान चाड दशैको अवसरमा खिर्रेमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस