काठमाण्डौ । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश–२०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
यस्तै बैठकले इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
अघिल्लो हप्ताको बाढी र पहिरोबाट सबैभन्दा धेरै मानवीय क्षति भएको इलामलाई अबको ३ महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता खरेलले जानकारी दिनुभयो ।
भर्खरैको बाढी र पहिरोबाट इलाममा मात्रै ३९ जनाको मृत्यु भएको थियो ।