२०८२ आश्विन २७, सोमबार

गाँजा सहित दुई जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ आश्विन २७, सोमबार
गाँजा सहित दुई जना पक्राउ

धादिङ । बेनीघाट रोराङ गाउँपालिका-९ खटौतीबाट २ सय १९ किलो २१ ग्राम अवैध लागूऔषध गाँजा र १२० ग्राम अफिमसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका-४ बस्ने २८ वर्षीय दिननाथ यादब र कालिकामाई गाउँपालिका-१ बस्ने ५३ वर्षीय कमल राउत कुर्मी रहेका छन् ।

प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले बिआर ०१ जिबि ८६५३ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा क्याबिन पछाडि ढालामा फल्स बटन बनाई ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस