गुड्दै गरेको यात्रुवाहक बसमा आगलागी भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का नजिक पूर्व–पश्चिम लोकमार्गमा बुधबार बिहान यात्रुवाहक बसमा आगलागी भएको हो।
काठमाडौंबाट चपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको दरवार एअर बसमा बिहान करिब साढे ७ बजे अचानक ब्याट्रीको तार सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ।
स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा आगो करिब साढे ८ बजे नियन्त्रणमा ल्याइएको थियो।
आगोले बस पूर्णरुपमा जलेर नष्ट भएको र करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान रहेको छ। घटनामा कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। तस्विर:सामाजिक सञ्जाल