
काठमाण्डौ । देशभर चिसो बढेको छ । हिमाली र उच्च पहाडी भेगको न्यूनतम तापक्रम माइनसमा पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाण्डौमा आज बिहानको तापक्रम ८.९ डिग्री सेल्सियससम्म झरेको थियो ।
काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो ।देशका अरु ठाउँमा पनि चिसो बढेको छ ।
