२०८२ मंसिर २, मंगलबार

एनपीएलमा आज दुईवटा खेल हुँदै

  • धादिङ आवाज
  • २०८२ मंसिर २, मंगलबार
एनपीएलमा आज दुईवटा खेल हुँदै

|????????, ?? ??????? : ?????? ??????? ????? ???????? ????????????? ??????? ????? ??????? ??????? ?????? ?????????? ??????? ??? ?? ??????? ?????? ??????? ??????? ?????? ?????? : ????????? ????/????

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदैछन् ।

पहिलो खेल पौने १२ बजे चितवन राईनोज र कर्णाली याक्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

हिजोदेखि शुरू भएको एनपीएलको दोस्रो संस्करणको उद्घाटन खेलमा हिजो काठमाण्डौ गुर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी शुरूवात गरेको छ ।

जनकपुर बोल्ट्सले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाण्डौले १८ ओभरमा ५ विकेट गुमाएर भेटायो । टस हारेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

एनपीएलमा जनकपुर, काठमाण्डौ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् ।

एनपीएलको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

७ घण्टा अघि

देशभर चिसो बढ्दै

१ दिन अघि

आजदेखि एनपीएल

खोजी गर्नुहोस