
काठमाण्डौ । आजदेखि बञ्चरेडाँडामा फोहर विसर्जन पुनः प्रभावित भएको छ ।स्थानीयवासीको अवरोधका कारण फोहर विसर्जन पुनः प्रभावित भएको हो।
नुवाकोटको ककनी र धादिङको धुनबेँसीमा रहेको बञ्चरेडाँडामा फोहर विसर्जन गरिँदै आइएको क्षेत्रका बासिन्दाले विगतका सहमति कार्यान्वयनको माग राख्दै काठमाण्डौ उपत्यकाबाट फोहर बोकेर गएका गाडी रोकेका हुन् ।
फोहर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्ने लगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै स्थानीयवासीले गएको कात्तिक दोस्रो हप्ता अनिश्चितकालीन बन्द घोषणा गरेका थिए ।
फोहर विर्सजनमा गरिएको अवरोध खुलाउन प्रभावित क्षेत्रमा गएको कात्तिक १६ गते पुग्नुभएका शहरी विकासमन्त्री कुलमान घिसिङले सहमति गरेपछि अवरोध हटेको थियो ।
तर प्रतिबद्धता कार्यान्वयन नभएकाले आजदेखि अवरोध गरेको धुनबेँसी नगरपालिका–१ का निराञ्जन सञ्जेलले बताउनुभयो ।
