२०८२ मंसिर ३, बुधबार

ब्राउनसुगरसहित एक जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ मंसिर ३, बुधबार
ब्राउनसुगरसहित एक जना पक्राउ

धादिङ । धादिङको धुनिवेशी नगरपालिका-६ चालिसेबाट १० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका-८ कोईरालीटार बस्ने रामेछापको रामेछाप नगरपालिका-७ रामपुर घर भएका ४५ वर्षीय मानदास तामाङ रहेका छन् ।

तामाङलाई बुधबार बिहान इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उनी बस्ने कोठा तलासी गर्दा थप २ ग्राम ७ सय २० मिलिग्राम ब्राउनसुगर र २ सय ८८ ग्राम ९ सय १० मिलिग्राम गाँजा फेला पारी बरामद गरिएको र आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२ दिन अघि

आजदेखि एनपीएल

खोजी गर्नुहोस