
काठमाण्डौ । दृष्टिविहीन महिला टी–२० विश्वकपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् ।
फाइनल खेल श्रीलङ्काको कोलम्बोमा रहेको पिसारा ओभल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १० बजेदेखि शुरु हुनेछ ।
हिजो भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको हो । यस्तै भारतले सेमिफाइनलमा अष्ट्रेलियालाई हराउँदै फाइनलमा पुगेको हो ।
लिग चरणको खेलमा नेपाल भारतसँग ८ विकेटले पराजित भएको थियो । दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालसहित ७ वटा देशको सहभागिता रहेको थियो ।
