२०८२ मंसिर ८, सोमबार

आज जनकपुर र विराटनगर तथा सुदूरपश्चिम र कर्णाली खेल्दै

  • धादिङ आवाज
  • २०८२ मंसिर ८, सोमबार
आज जनकपुर र विराटनगर तथा सुदूरपश्चिम र कर्णाली खेल्दै

|????????, ?? ??????? : ?????? ??????? ????? ???????? ????????????? ??????? ????? ??????? ??????? ?????? ?????????? ??????? ??? ?? ??????? ?????? ??????? ??????? ?????? ?????? : ????????? ????/????

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् ।

पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच बिहान पौने १२ बजे हुनेछ । त्यस्तै दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच दिउँसो ४ बजे हुनेछ ।

चारै टोली पहिलो पटक एक–आपसमा खेल्न लागेका हुन् । यो सिजनमा एक खेल गुमाइसकेको जनकपुरको यो दोस्रो खेल हो । उद्घाटन खेलमा जनकपुर काठमाण्डु गोर्खाजसँग पराजित भएको थियो ।

विपक्षी टोली विराटनगर भने आज उत्कृष्ट लयमा छ । उसले यसअघि पोखरा र काठमाण्डु दुवैलाई पराजित गरिसकेको छ ।

यस्तै दोस्रो खेलमा कर्णालीले अहिलेसम्म खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ । सुदूरपश्चिम भने लगातार तीन खेलमा जित निकाल्ने लक्ष्यमा छ ।

यसअघि सुदूरपश्चिमले काठमाण्डु र पोखरालाई हराइसकेको छ भने कर्णालीले लुम्बिनीलाई पराजित गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस