२०८२ मंसिर ८, सोमबार

नेपाल पत्रकार महासंघलाई कम्प्यूटर हस्तान्तरण

  • धादिङ आवाज
  • २०८२ मंसिर ८, सोमबार
नेपाल पत्रकार महासंघलाई कम्प्यूटर हस्तान्तरण

धादिङ । सदरमुकाम धादिङबेशीमा रहेको सनराइज कम्प्युटरका प्रोपाइटर कृष्ण श्रेष्ठले नेपाल पत्रकार महासंघ धादिङ शाखालाई एक सेट डेस्कटप कम्प्युटर प्रदान गर्नुभएको छ ।

संचारकर्मीहरुको साझा थलो नेपाल पत्रकार महासंघको कार्यालयमा कम्प्युटर उपलब्ध गराइ सहकार्य गर्नका लागि श्रेष्ठले एक थान डेस्कटप कम्प्युटर उपलब्ध गराउनुभएको हो ।

नेपाल पत्रकार महासंघमा कम्प्युटर हस्तान्तरण गर्दै संचारकर्मीहरुलाई काम गर्न संस्थागत रुपमा सहज होस भनेर कम्प्युटर उपलब्ध गराइएको सहयोगि श्रेष्ठले बताउनुभयो ।

संचार क्षेत्रलाई कम्प्युटर उपलब्ध गराएर सहयोग गर्ने श्रेष्ठलाई महासंघले धन्यवाद दिँदै संस्थागत विकास र संचारकर्मीको सहजताका लागि उपलब्ध सहयोगबाट काम कार्यालय व्यवस्थापनमा योगदान पुगेको नेपाल पत्रकार महासंघका सचिव सन्तोषराज श्रेष्ठले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस