२०८२ मंसिर ११, बिहिबार

चरेस सहित एक जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ मंसिर १०, बुधबार
चरेस सहित एक जना पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट २ सय ग्राम अवैध लागूऔषध चरेस सहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका-४ बस्ने १९ वर्षीय श्रीलाल तामाङ रहेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १७७३ नम्बरको माईक्रो बसमा सवार तामाङलाई लाई उक्त चरेस सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस