
काठमाण्डौ । १९ वर्षमुनिको एशियन प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ ।
खेल यूएईको कारवान मैदानमा बिहान पौने ११ बजे हुनेछ । अस्ति मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै, ओमानलाई पराजित गर्दै यूएई फाइनलमा पुगेको हो ।
