२०८२ मंसिर १५, सोमबार

एआई प्रयोग सम्बन्धी तालिम सुरु

  • धादिङ आवाज
  • २०८२ मंसिर १५, सोमबार
एआई प्रयोग सम्बन्धी तालिम सुरु

धादिङ । धादिङको बेनीघाट रोराङमा विकास पत्रकारिता र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ सम्बन्धी तालिम सुरु भएको छ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आयोजना तथा वेनिघाट रोराङ गाउँपालिकाको सहयोगमा आजदेखी तीनदिने तालिम सुरु भएको हो ।

सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु भएको तालिममा धादिङ जिल्लाभित्र रहेर विभिन्न संचारमाध्यममा कार्यरत २६ जना पत्रकार सहभागी छन् ।

तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले एआईजस्ता आधुनिक प्रविधिले पत्रकारितामा नयाँ सम्भावना खोलिदिएको धारणा राख्नुभयो । यस्तो तालिमले तथ्यपरक र विश्वसनीय सूचना प्रवाहमा मद्दत पुग्ने थपलियाले बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले विकास पत्रकारिता आजको आवश्यकता बनेको उल्लेख गर्दै विकासका मुद्दा उठान र तथ्यमा आधारित रिपोर्टिङमा एआईको उपयोग महत्वपूर्ण बनेको बताउनुभयो ।

१७ गतेसम्म सञ्चालन हुने तालिममा सहभागी पत्रकारहरूलाई विकास पत्रकारिताका सिद्धान्त, तथ्य संकलनका विधि, स्थानीय विकासका मुद्दा पहिचान तथा एआई उपकरणहरूको प्रयोगबारे व्यावहारिक प्रशिक्षण दिने कार्यक्रम छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस