२०८२ मंसिर १६, मंगलबार

एनपीएलमा आज दुई खेल

  • धादिङ आवाज
  • २०८२ मंसिर १६, मंगलबार
एनपीएलमा आज दुई खेल

|????????, ?? ??????? : ?????? ??????? ????? ???????? ????????????? ??????? ????? ??????? ??????? ?????? ?????????? ??????? ??? ?? ??????? ?????? ??????? ??????? ?????? ?????? : ????????? ????/????

काठमाण्डौ । नेपाल प्रिमियर लिगमा आज दुई वटा खेल हुँदैछन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने पहिलो खेलमा बिहान पौने १२ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दैछन् । यस्तै आजै हुने अर्को खेलमा दिउँसो ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स खेल्दैछन् ।

दुवै टोलीका लागि आजको खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ ।

चार खेलबाट दुई खेल जितेको चितवन यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । चितवनको ४ खेलमा २ जीत र २ हारसहित ४ अङ्क जाड्दै तालिकाको चौथो स्थानमा छ ।

लगातार चार खेल हारेर अङ्कविहीन हुँदै पुछारमा रहेको जनकपुर आजको खेल जितेर प्लेअफको दौडमा कायमै रहने लक्ष्यमा छ। पोखरा ४ खेलमा १ जीत र ३ हारसहित २ अङ्क जाड्दै सातौं स्थानमा छ ।

कर्णालीका लागि भने आजको खेल जित्नैपर्ने छ । कर्णाली ५ खेलमा १ जीत र ४ हारसहित २ अङ्क जोड्दै छैटौं स्थानमा छ ।

प्रतियोगितामा अहिलेसम्म अपराजित रहदै सुदूरपश्चिम रोयल्स १० अङ्क जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

यस्तै काठमाण्डौ गोर्खाज ६ खेलमा ८ अङ्कसहित दोश्रो, विराटनगर ५ खेलमा ८ अङ्कसहित तेश्रो र लुम्बिनी लायन्स ५ खेलमा ४ अङ्कसहित पाँचौ स्थानमा छ ।एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् ।

गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यही २७ गतेसम्म चल्नेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१७ घण्टा अघि

एनपीएलमा आज दुई खेल

खोजी गर्नुहोस